नेपाली कथानक चलचित्र ‘Darjeeling Mail’ हङकङमा प्रदर्शन हुने

  बगैचा सम्बाददाता

दार्जिलिङका प्रख्यात हास्यकलाकारहरूले अभिनय गरेको नेपाली कथानक चलचित्र ‘Darjeeling Mail यहि अगामी २७ नोभेम्बर, आईतबार दिन २:३० बजे युनलोङ स्थिति थिएटर हलमा प्रदर्शन गरिने भएको छ । दार्जिलिङबाट हङकङमा बसोबास गरिरेहेका नेपालीहरूको संस्था ‘United Gorkha Community of India-Hong Kong’ को कोष अभिबृद्धी गर्ने उद्देश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागेको कुरा संस्थाका प्रमुख प्रमोद लिम्बूले बताउनु भएको छ ।

दिक्षा फिलिमको ब्यानरमा दिलिप राईद्वारा निर्मित चलचित्रमा हास्यकारहरू महेन्द्र बागदास, ललित गोले (भानु र पाला) देवराज शेर्पा (सुनको औठी) लगायतको बेजोड हास्य अभिनय रहेको हास्य चलचित्र ‘Darjeeling Mail’ हङकङमा पहिलो पटक प्रदर्शन हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार