चित्रकार दीपेन्द्र राई संग बगैंचामा एकक्षण हराउंदा

इन्द्र थेगिम

कंकृटे शहर हङकङमा हामी कति ब्यस्त है ? भन्दा पनि सयौं दिलदार मनहरु हफ्तामा कम्तिमा ३, ४ कार्यक्रममा हस्याङ्फस्याङ पुगिरहेका छन् । त्यस अर्थमा म अलि कंचुस परे होला, जतिबेला पनि मेरो बालबच्चा मसिनै छन् भनेर आफ्नो स्वार्थ अगाडि राख्न पछि पर्दिन।

चित्रकार दिपेन्द्र राईको निम्तो पनि यसै भनेर ढिलो जाने निर्णय भयो, बल्लतल्ल जान्छु भनेर टि. बि. याक्खा र माया लिङ्खा आन्टीलाई साथी मागेको फेरि चित्रकार ज्यु बिरामी पर्नुभयो ।

धन्न चित्र प्रदर्शनीको म्याद थपिएछ र जस कुमार राईको रत्न कु. बान्तावामा आधारित डकुमेन्ट्री, याउमा ताई हलमा हेरिसके लगत्तै मनि याक्खा दाइ र मोहन याक्थुङबा संग हान्नियौं बगैंचा पार्टी प्यालेस तर्फ। केही समय पछि थपिए सुरेश यक्सो पनि। एक तल्ला उक्लिने बित्तिकै पुगिने रहेछ। पार्टी प्यालेस भन्दा त निक्कै फराकिलो होला लागेको थियो तर सानै भएता पनि वेल फर्निस रहेछ । टेबल कुर्सी हरु सफाचट, हरेक कर्नर वालहरुमा उनै हङकङका इस्ट्याब्लिस चित्रकार दीपेन्द्र राईको आर्ट्सहरु बडो आकर्षक ढंगले सजाईएको थियो। झट्ट हेर्दा आर्ट ग्यालरी जस्तो नलागे पनि एक किसिमको सुकुन महसुस भयो हामी सवैजनालाई। रिसेप्सन एरियामा स्टाफहरु निक्कै फट्टिक देखिन्थे । आँखा घुमाएं स्टेज एरिया तिर,नाचगान पर्फम गर्नलाई अलिकता सांघुरो हो कि जस्तो लाग्यो ।

बगैचाको भित्तामा सजिएका दिपेन्द्रका कलाहरु

हङकङमा चित्रकार “दिपेन्द्र राई” कुनै नौलो नाम होइन । वहाँ धेरै बर्ष देखि आफ्नो प्यासनलाई आर्ट्स वर्क विशेषत: बलपोइन्ट पेन आर्ट्स , क्युबिजम आर्ट्स र अन्य आर्ट्स वर्कलाई निरन्तरता दिइरहनु भएको छ । हङकङमा, धेरै ठाउँमा आफ्नो आर्ट्स सामुहिक तथा एकल प्रदर्शनी गरिसक्नुभएको छ । वहाँ हंसमुख, स्पष्ट वक्ता,सिम्पल र अति नै मिलनसार हुनुहुन्छ ।

हाम्रो ग्रुप भेला भएपछी दिपेन्द्र सरले सर्सर्ती एक राउण्ड ओरिएन्टेसन् दिनुभयो । त्यहां सजिएका सबै चित्रहरु आकर्षक थिए, त्यसमाथी हिन्दु धर्मका नारीहरु पूजापाठ अघि खुल्ला आकाशमा सामुहिक नुहाएको चित्र भने खुब चाख लाग्दो लाग्यो । क्युबिजम आर्ट्स बारे छलफल भैरहंदा फाइलबाट निक्लियो हाम्रो देश “नेपाल आमा” को भुईचालो जांदाको बीभत्स तस्बिर । त्यो क्युबिजम आर्ट्सले हामी सबैको मन तानियो, एकफेर हामी सबै त्यो चित्र भित्रै हरायौं। अन्तमा, रातदिन लगाएर ३ देखि ४ महिनामा सकेको यो मेरो “मोनालिसा पोट्रेट” भन्दै लामो श्वास लिनुभयो। यतिबेला सम्म हामी सबै टेबलमा बसि चियाको सुर्को लिन थाल्यौं।

 

लियोनार्दो दा भिन्सी सांच्चिकै ज्ञानका भोका थिए रे, उनको आफ्नै नारी रुप ‘मोनालिसा’ हो रे जस्ता कुराहरु बच्चैबेला देखि सुन्दै न आएको होइन । ऐले आएर बुज्दै जांदा सांच्चै नै उनी महिला साथी रुचाउन्न थिए,उनका आउरे बाउरे धुपाउरे सबै बिउटिफुल यङ्ग केटाहरु थिए। जसमद्धे ‘सलइ’ र ‘मेल्जी’ संग निकट सम्बन्ध थियो। लियोनार्दो अविवाहित थिए,अझ भन्नपर्दा उनलाई पुरुष स्त्री समागम सुन्दै पनि घृणा जागेर आउंथ्यो । मैले यी कुराहरु भनी रहंदा दीपेन्द्र सर मुसुमुसु हांसिरहनु भएको थियो। फेरि थपें, यी यावत कुरा सबैलाई थाहा हुंदाहुंदै के लियोनार्दो ‘गे’ थिए भनिरहन जरुरी छ र ?
प्रतिउत्तर मा वहाँ ले बिट मार्नुभयो – बडो इन्ट्रेस्टिङ तर्क गर्नु हुंदोरहेछ, कुनै दिन मौका मिले फेरि बात गरौंला नि। साथिहरुलाई पनि भनिदिनु होला है भनेर ।

मो: मो: को अन्तिम फ्वाक लगाउदै सुरेश ले भने-
चित्रकार दिपेन्द्र राईको चित्रकला प्रदर्शनीमा पनि आइयो । चित्रमा मिहिनेत त थियो नै । ब्यस्तताका बाबजुद कलामा वहाँको लगाव र झुकाव देखेर छक्क परें ।

बाटोमा, कास हाम्रो लेखनमा पनि चित्रकारको जस्तो लगाव र झुकाव भइदिए हगि इन्द्र ?
मैले पनि हं मा हं मिलाए ।

बगैंचामा चित्रकार दिपेन्द्रसंग लेखिका इन्द्र लगायत भलाकुसारी गर्दै

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार