हृदयघातको जोखिम, किन, कसलाई र कसरी हुन्छ ?

हृदयघातका कारणहरू दुई प्रकारका छन्- उल्टाउन सकिने र नसकिने । ४० वर्ष पछिको उमेर, पुरुष लैङ्गकिता र हृदय रोगको पारिवारिक इतिहास, जसलाई उल्ट्याउन नसकिने भनिन्छ ।

रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल , उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, निस्क्रिय जीवनशैली, मोटोपन, पोषणयुक्त खानाको अभाव अदिलाई उल्टाउन सकिने कारण मानिन्छ ।

उल्ट्याउन नसकिने कारणहरुः

१) उमेर उमेर बृद्धिसँगै हृदयघातको जोखिम पनि बढ्छ । ४० वर्ष पछि उमेर सँगै ब्याक्तिको नशामा डीजेनेरेसनको प्रकृया बढ्ने हुँदा हृदयघात चाँडै हुन सक्छ ।

२) पुरुष लैगिंकता हृदयघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्छन् । महिलाहरुलाई आस्ट्रोजन नामक सेक्स हारमोनले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ ।

३) पारिवारिक इतिहास हृदयघात अनुवंशिक रोग पनि हो । जुन आमा-बुवाहरुबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भएपनि उनिहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्ट्रोल बनाउँछ फलतः हृदय रुग्ण भई हृदयघात हुन सक्छ ।

उल्ट्याउन सकिने कारणहरु

१) उच्च रक्त संयुक्त कोलेस्ट्रोल

कोलेस्ट्रोल

रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्वको रक्त मात्र सामान्य भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरुमा जमेर हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस् जस्ता समस्या गराउँछ ।

२) उच्च रक्त एलडीएल कोलेस्ट्रोल

यसलाई खराब कोलिस्ट्रोल पनि भनिन्छ । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यतिनै एलडिएलको मात्रा ज्यादा हुन्छ रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलीयम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टरको उत्पादन कम गराउँछ र उक्त नलीहरुलाई कसिलो बनाइराख्छ ।

३) उच्च भि एलडीएल कोलेस्ट्रोल

यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नशाका भित्ताहरुमा जम्न पुग्दछ र मुटु तथा रक्त नलीका रोग लगाउँछ ।

४) उच्च रक्त ट्राइग्लिसिराइड

५) निम्न रक्त एचडीएल कोलेस्ट्रोल

यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ । यदि रगतमा एचडीएल कोलेस्ट्रोलका स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलखाई कलेजोमा ल्यायर विसर्जन गर्ने क्रिया अवरोध हुने हुँदा रगतमा अन्य कोलेस्ट्रोल बढ्न गयी मुटु तथा रक्त नलिको रोगहरु लाग्छ ।

६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपात

यो अनुपात मुटुरोगको महत्वपुर्ण सुचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

७) उच्च रक्तचाप

१५५ मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ । यसरी लामो समय सम्म रक्तचाप भईरहदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेएर क्षति ग्रष्त हुन गइ कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ र हृदयरोग लाग्छ ।

८) मधुमेह

मधुमेह हुँदा बढेको ग्लुकोजले स साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाडै बोसो जमेर हृदयरोग लाग्छ ।

९) मोटोपन

मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको पनि कारक मानिन्छ । मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई बढी जन्माउँछ फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्छ ।

१०) निस्क्रिय जीवन

ब्यायाम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रत्तस्तर र शारिरिक तौल घटाउँन सकिदैन । फलत मुटुरोग चाडै लाग्ने सम्भावना रहन्छ ।

११) धुम्रपान तथा सुर्ती सेवन

धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि उत्तिकै हृदयरोग कारक छन ।

१२.मानसिक तनाव

वैचारीक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारिरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउँदछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।

१३. चोकर र रेसाको कमी

रेसा र चोक्कर नभएको मसिनो मिठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले बिषाक्त तत्वहरुलाई अवशोषण गरि नशामा बोसो जम्न दिदैन । मसिनो मिठो खानाले तौल पनि चाडौ बढाउँछ । फलतः मुटु रोग लाग्छ ।

१४.एन्टिअक्सिडेन्टको कमी

भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, र अन्य सुक्ष्म पोषक तत्वहरुले हृदयरोगबाट बचाऊछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सि र भिटामिन-ई नसाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ ।

१५. टायप “ए” ब्यक्तित्व

टायप ए ब्यक्तित्व भएका ब्यक्तिहरु अधैर्यवान, सधै तनावमा रहने, इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने प्रवृतिका हुन्छन् । यसको अलावा यी व्यक्तिहरु सधै हतारमा रहने, पूर्वाग्रही, आलोचक, अभद्र ब्यवहार गर्ने, अरुलाई दबाएर राख्ने, प्रतिसपर्धि, अहंकारी र प्रतिक्रिया वादी हुन्छन् । यस्ता ब्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउँछ । फलतः मुटु चाडै रोगी हुन्छ ।
१६. मदिरापान

मदिरापान र मुटुको स्वास्थलाई लिएर ठुलो विवाद छ । रक्सी खानेहरुले रक्सीलाई मुटु मैत्री माने पनि तथ्य यसको ठिक विपरीत छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार