साउने सक्राति र संगीतको घुलन बगैंचामा

गत शनिबार यानी जुलाई १५ तरिक बि.सं. २०७४ असार ३१ गते साउने सक्राति लुतो फाल्ने सॉझको ठिक अघिल्लो सॉझ । त्यो दिनको अघिल्लो दिन मात्रै बगैंचा रेष्टुरेण्टका महा प्रबन्धक हरिचन्द्र राई र म बिच साउने सक्राति मान्ने बिषयमा छलफल भएको थियो । सक्राति त आईतबार परेको थियो तर हामी शनिबार नै मानौं भन्ने टुंगोमा पुग्यौं । ततपश्चात बगैंचा रेष्टुरेण्ट सक्रातिको बिशेष तयारीमा जुटेको थियो । महा प्रबन्धकले सक्रातिलाई संगितमय बनाउने प्रयासमा जुटेको संकेत दिईसकेका थिए । के कसरी भन्ने कुरालाई रहस्यमै राखेका थिए ।
शनिबार दिनको रोजीरोटी मैझारो गरेर हप्ताभरीको थकान मेटाउदै साथिहरूसँग सामूहिक रूपमा साउने सक्राति मनाउन बगैंचा रेष्टरेण्ट एण्ड पाटी प्यालेशमा जुटेका थियौं । रेष्टुरेण्टमा साउने सक्रातिमा खाईने बिशेष प्रकारका नेपाली खाना उपलब्ध थियो । साथिभाइहरूसँग बसेर गफिदै मिठा परिकार रस्वदान गर्न पाउनुको त्यो क्षण अति आनन्दमय र सस्मरणयोग्य बनेको थियो । मानिसहरूको उपस्थिति निक्कै बाक्लो भैसकेको थियो । संयोगले उक्त साँझ ७३ बर्षीय भूपू लाहुरेको बैबाहिक जीवनको ५०औं बार्षिकोत्सव आफन्तहरू भेला भएर मनाई रहेका थिए ।

साँझको संक्रान्ति रमझममा रमाउदै गरेको बेला निलो टिसर्टमा निलै क्याप लागाएर बरिष्ट संगीतकार तथा गायक दिनेश सुब्बा र कालै क्यापमा कालै टिसर्ट लगाएका हङकङका बिख्यात तवला बादक कृष्णभक्त महर्जन बगैंचा रेष्टुरेन्टको ढोका हुँदै भित्र प्रवेश गरेका थिए । त्यतिखेरै मलाई मनमा झसक्कै शंका लागेको थियो- शायद आजको साँझ कतै दिनेश सुब्बाको स्वर संगीतमय त हुने हैन भनेर । सायद सबैको मनमा त्यस्तै कुरा खेलेको थियो होला त्यो बेला । दिनेश दाजु र कृष्णभक्त जीसँग हामीले आपसमा अभिवादन साटासाट गरेर सक्राति भोजन उपभोगलाई निरन्तर अगाडि बढाई रहेका थियौं ।

समयको काँटाले आठ हिर्काएर आधा उकालो लाग्दै गर्दा रेष्टुरेण्टका महाप्रबन्धक हरिचन्द्र राईले संगितज्ञ दिनेश सुब्बा र तवला बादक कृष्णभक्त महर्जनलाई स्टेजमा निम्ताएर माईक्रोफोन, हारमोनियम र दुक्की तवला एक साथ सुम्पेका थिए । तत पश्चात संगीत शुरु भएको थियो । बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाले आफ्नै पुरानो चर्चित गीत लगायत कुमार सुब्बा, बच्चु कैलाश, गोपाल योन्जन, नारायण गोपालका पुरानो कालजयि गीतहरू गाएर सबैलाई मन्त्रमुग्द बनाएका थिए । बिचबिचमा शब्द, संगीत र स्वरको बारेमा र आफ्नो संगीत यात्राको बारेमा रोचक र सान्दार्भिक यथार्थ घटनाका कथाहरू सुनाउदै गीतहरू उठान गर्दा माहोल अतिनै मनमोहक र आनन्दमय बनेको थियो । तबला र हार्मोनियम २ थरि बाजाले पनि संगीतलाई पूर्ण बनाउन सक्दो रहेछ भन्ने कुराको ज्ञान पनि त्यो साँझले पुष्टी गरि दिएको छ ।हामी सबैलाई संगीतमा ड’बाएर नतमस्तक र आनन्दित बनाईदिनु भएकोमा हस्ति कलाकार दुबैजनालाई बगैचा टीमले सल्युट गर्दछ । फेरी पनि यो मौका जुरोस भनि प्रार्थानरत छौं ।

हाल बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेशमा हप्ताको प्रत्येक बुधबार साँझ स्थानीय कलाकारहरूको प्रत्यक्ष (Live Music) सांगीतिक साँझ प्रस्तुत हुने गर्दछ । गीत संगितको पारखीहरूलाई बगैंचाले संधै स्वागत गर्दछ।संगीतको साथमा मिठो परिकार पस्केर सेवा गर्ने मौका दिनुहोला।

अहीले बगैंचामा मादल, हारमोनियम, तबला, गिटार, ड्रमसेट, बाँसुरी, उपलब्ध छन् । सारंगी, भाईलन, सेक्सोफोन, मुर्चुङ्गा, बिनायो र प्यान फ्यूट चाँडै आईपुग्नेवालामा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार