सर्वोत्कृष्ट युगल गायन सुगम संगीतको अवार्ड भिषण र सुनिताको पोल्टामा

“परिश्रम र प्रतीक्षा गर्न सिक”, यो भनाई भीषण मुकारुङको जिवनमा ठ्याक्कै मेल खाएको छ।उनि टिनएज छदै साङ्गितिक सागरमा हाम फाल्न भोजपुरबाट राजधानी छिरेका थिए। करिब बाह्र पन्ध्र बर्षको संघर्ष पश्चात उनले सफलताको किनारा भेट्टाएका छन। अर्थात साङ्गितिक क्षेत्रका एक उपल्लो पुरस्कारको बाजि मारेका छन।भिषणले यो बाजी नवोदिद गायिका सुनिता थेगिम सङ्ग मारेका हुन।

गत आइतबार राजधानी काठ्मान्डौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित छैटौ म्युजिक खबर म्युजिक अवार्ड २०१७ मा भीषण मुकारुङ र सुनिता थेगिम सुब्बाले “धेरै पछि भेटेको..”बोलको गीत मार्फत सर्वोत्कृष्ट युगल गायन सुगम संगीतको बिधामा अवार्ड थाप्न सफल भएका छन। पुरस्कृत भए पछि बगैचाडट कम मार्फत खुशी ब्यक्त गर्दै उनले भने ” परिश्रमको फल पाउँदा खुशी हुनु स्वाभाविक नै हो, तर अर्को पाटा यो अवार्डले आफुलाई थप जिम्मेवारी दिएको महसुस भएको छ। आउदो दिनहरुमा अझै सङ्गितको साधना गरेर नेपाली गीत सङ्गितलाई माथी उठाउन सकु”। लामो समय देखि यो क्षेत्रमा लगिरहनु भएको छ कत्तिको सन्तुष्ट हुनुहुन्छ? भनी सोधिएको प्रश्नमा भीषणले भने ” यो क्षेत्रमा लागेको झन्डै पन्ध्र बर्ष भएछ। सरकारी जागिर भएको भए पेन्सन हुने बेला हो यो। यो दौडानमा मैले आधा दर्जन जति एकल एल्मब श्रोताहरु समक्ष ल्याईसकेको छु। धेरैको सङ्गीत समेत आफै गरेको छु। आफुलाई मन परेको पेशा बाटै जिविका चलाईरहेको छु। दर्शक तथा श्रोताहरुले माया दिनु भएको छ, यस अर्थमा म आफुलाई भाग्यमानी ठान्दछु”। उनले आफ्नै पेशाका अशोक मुकारुङ सङ्ग मिलेर अनामनगरमा “सेवा रेकर्डिङ स्टुडियो” सन्चालन गरिरहेका छन।

“म यस्तो गीत गाउछु” बोलको कभर गीत गाएर छोटो समयमा लोकपृयताको सिखर चुमेकि सुनिताको साङ्गतिक यात्रा मात्र दुई बर्षको छ। यति छोटो अवधिमै सफलता हासिल गरेर अवार्ड थाप्ने उनी भाग्यमानी गायिका हुन

भर्सटाईल गायिका सुनिताको “साईला” बोलको गीत युटुबमा चारलाख भन्दा बढिले हेरिसकेका छन। छोटो समयमै फ्यान फलोअर्स धेरै बटुलिसकेकी सुनिता दार्जीलिङका अनिल फागुलाई आफ्नो गुरु मान्छिन। साङ्गितिक क्षेत्रमा अगाडि बढ्न सहयोग र हौसला दिने अग्रजहरु भिषण मुकारुङ, पारस मुकारुङ, वसन्त मुकारुङ, गौरब गुरुङ आदिलाई विशेष धन्यवाद दिन चाहन्छिन। सुनिताले अब चाडै आफ्नो एल्बम छिटै नै सार्बजनिक गर्ने तरखरमा रहेको बताएकी छिन।

गृहमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड समारोहमा लोक, पप, आधुनिक, चलचित्र, संगीत, म्युजिक भिडियो अभिनय, नवप्रतिभालगायतका विभिन्न ३४ विधामा अवार्ड प्रदान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार