रोहिंग्या मुसलमानमाथि म्यानमारको कारबाही जातीय नरसंहारः राष्ट्रसंघ

हिंसाबाट बिस्थापित रोहिंग्या समुदाय । तस्वीर: रोयटर्स

२६ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ मानवअधिकार संस्थाका प्रमुखले म्यानमारमा रोहिंग्या मुसलमानलाई निशाना बनाएर भइरहेको सुरक्षा कारबाही ‘जातीय नरसंहारको एक सटीक उदाहरण’ भनेको बताएका छन् ।

जइद राय अल हुसेनले रखाइन प्रान्तमा ‘क्रुस सैन्य कारबाही’ अन्त्य गर्न म्यानमारलाई अपील गरेका छन् ।

झण्डै एक महिना अघि सुरु भएको हिंसापछि तीन लाख बढी रोहिंग्या मुसलमान बंगलादेशमा पलायन भएका छन् ।

म्यानमारको सेनाले आफ्नो कारबाही रोहिंग्या चरमपन्थीविरुद्ध भएको बताएको छ । साथै आम मानिसलाई निशाना बनाएको आरोप पनि सेनाले अस्वीकार गर्दै आएको छ ।

२२ अगष्टमा रखाइनको उत्तरी इलामा रोहिंग्या चरमपन्थीले पुलिस चौकीमा आक्रमण गर्दा १२ सुरक्षाकर्मी मारिएका थिए ।

यो घटनापछि हिंसा भड्कियो र रोहिंग्या मुसलमान बंगलादेशतर्फ पलायन हुन बाध्य भएका छन् । सेनाले आफूहरुविरुद्ध बर्बर अभियान चलाएको उनीहरुले बताएका छन्् ।

यो रखाइन प्रान्तमा बौद्ध धर्मावलम्बीको बाहुल्यता र बंगलादेशसँग सीमा जोडिएको छ । युनाइटेड नेसन फर कमिसन फर हृयुमन राइटका प्रमुख जइद राद अल हुसेनले रखाइनमा जारी कारबाही प्रष्ट रुपमा अनुचित भएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार