पुट्ट पेट निस्किएको छ ? यस्तो छ घटाउने उपाय

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा र असुहाउँदिलो देखिन्छ । लुगा लगाउँदा पनि पेट लुकाउनै सास्ती हुन्छ ।

असुहाउदिलो पेट कसरी घटाउने त ?

कोहि जिम धाइरहेका छन्, कोहि दौडिरहेका छन् । यद्यपी खानपान र शारीरिक क्रियाबीच सन्तुलन नमिल्दा पेट बढेको बढ्यै छ ।

जथाभावी खानेकुरा खाने र त्यस अनुरुप शारीरिक क्रिया नगर्दा पेटमा अतिरिक्त बोसो जम्न पुग्छ । यसले शरीरलाई असुहाउँदिलो देखिने मात्र होइन, रोग समेत नित्याउँछ ।

कसरी घटाउने ?

पेट बढ्नुमा निस्क्रिय दिनचर्या जिम्मेवार छ । अक्सर बसेर काम गर्ने, शारीरिक रुपमा सक्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट बढ्छ । त्यसैले शारीरिक रुपमा सक्रिय हुनुपर्छ, पेट घटाउनका लागि । शारीरिक काम र नियमित व्यायामसँगै कतिपय योगा पनि गर्न सकिन्छ, जसले पेटलाई सहि आकारमा ल्याउन मद्दत गर्छ । यससँगै खानपानमा पनि सर्तक हुनुपर्छ । पेट घटाउनका लागि कस्तो खानपान सहि हुन्छ त ?

दिनको सुरुवात कागती पानीबाट

पेटमा जमेको बोसो कम गर्नका लागि कागती पानी एक उत्कृष्ट विकल्प हो । यदि बिहान मनतातो पानीमा कागती मिसाएर पिउने हो भने निकै फाइदा पुग्छ । यसरी नै बिहान कागती पानी सेवन गर्दा मोटाबोलिज्म त ठीक हुन्छ नै, पेटमा जमेको बोसो पनि कम हुन्छ ।

गुलियो एवं मिठाई निषेध

यदि तपाई पेटमा जमेको बोसो घटाउन चाहनुहुन्छ भने गुलियो एवं मिठाइबाट टाढा रहनुहोस् । गुलियो पदार्थले पेटमा अतिरिक्त बोसो जमाउँछ ।

बिहान काचो लसुन

विहान उठेपछि नियमित रुपमा दुई/तीन केस्रा लसुन चपाउनुपर्छ । त्यसपछि कागती पानी पिउनुपर्छ । यो निकै प्रभावकारी उपाय हो, पेटको वोसो घटाउने । यसले तौल त घटाउँछ नै, शरीरको रक्त प्रवाह पनि सुचारु गर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार