यहाँ सडक बालबालिकाले निकाल्छन् पत्रिका, सम्पादक र रिपोर्टर पनि आफैं

कहिलेकाहिँ बच्चाहरुले यस्तो काम गर्दछन् कि त्यो कल्पना पनि गरिएको हुँदैन । जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखानलाई चरितार्थ गर्छन् कहिलेकाहिँ कलिला उमेरका बालबालिकाहरुले । भारतको दिल्लीस्थित गौतमनगरका केही बालबालिकाहरुले यस्तै जब्बर काम गरेका छन् ।

उनीहरुको न त घर छ, न त ठेगाना । तर उनीहरुसँग दृढ इच्छा र अक्कल रहेछ । जसका कारण उनीहरुले एउटा मासिक पत्रिकाको प्रकाशन गरिरहेका छन् । उक्त पत्रिकाको नाम हो, बालकनामा । उक्त पत्रिकामा काम गर्ने रिपोर्टरदेखि लिएर फोटो पत्रकार र सम्पादक सबै उनै सडक बालबालिकाहरु नै छन् ।

यी बालबालिकाहरुले दिनभर खोजी–नीति गरेर बालबालिका सम्बन्धी समाचार संकलन गर्दछन् । त्यसपछि बेलुका एकैठाउँमा जम्मा हुन्छन् । दिनभर खोजेर ल्याइएका समाचार जम्मा पारिन्छ । काँटछाँट हुन्छन् ।

उक्त पत्रिका बालबालिका सम्बन्धी रहेको छ । पत्रिका हिन्दीका अलावा अंग्रेजी भाषामा पनि छापिन्छ । ट्याबलोइड साइजको उक्त पत्रिकामा काम गर्ने धेरै बच्चारुले पत्रिकाबाटै पढ्न लेख्न सुरु गरेका हुन् ।

उक्त पत्रिकामा काम गर्ने बालबालिकाहरुको संख्या ५० भन्दा धेरै छ । सबैलाई केही न केही जिम्मा दिइएकै छ । कसैले रिपोर्टिङ गर्छन् त कसैले फोटो खिचेर ल्याउँछन्

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार