क्यानडाका नेपालीद्वारा धुर्मुस-सुन्तलीलाई १० लाखसहित सम्मान

काठमाडौं । समाजसेवामा समेत सक्रिय कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई क्यानाडावासी नेपालीले १० लाख नगदसहित सम्मान गरेका छन् ।

क्यानाडाको क्यालगेरीमा डाँफे स्पोर्ट्स क्लव र क्यालगोरीका यूवाहरुले निरन्तर सामाजिक काममा सक्रिय रहेको भन्दै सम्मान गरेका हुन् ।

तराईमा आएको बाढीले पिडित बनेका जनताका लागि एकीकृत नमूना बस्ती निर्माणका लागि सहयोग जुटाउने सिलसिलामा धुर्मुस र सुन्तली क्यानाडा पुगेका छन् ।

क्यानाडाको क्यालगेरीमा रहेको मंगोलियन ब्याङ्क्वेटमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा डाँफे स्पोर्ट्स क्लवले कार्यक्रमस्थलमा बाढीपिडितका लागि निर्माण गर्न लागिएको एकीकृत नमूना बस्तिका लागि चन्दा बाकस समेत राखेको थियो । यसबाट चार हजार ४ य २३ डलर संकलन भएको जनाइएको छ ।

यसैगरी कार्यक्रमबाट नेपलिज कम्युपिनिटी सोसाइटी अफ क्यालगेरीले ५ हजार डलर, किराँत याक्थुम चाम्लुङ्ले ७ सय डलर, याक्थुम चुम्लुङ्गले ५ सय डलर, डाँफे स्पोर्ट क्लवले १ हजार डलर र स्थानीय म्युजिक ब्याण्ड यात्री ब्याण्डले ३ सय डलर सहयोग प्रदान गरेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानकारी गराए ।

कार्यक्रमबाटै नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगेरीले ५ हजार डलर, किराँत याक्थुम चाम्लुङ्गले ७ सय डलर, याक्थुम चुम्लुङ्गले ५ सय डलर, डाँफे स्पनेर्टस क्लबले १ हजार डलर र स्थानिय म्युजिकल ब्याण्ड यात्री ब्याण्डले ३ सय डलर सहयोग प्रदान गरेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिएका छन् । क्यालगेरीमा आयोजना भएको कार्यक्रमको सहयोगी संस्थाहरुमा नेपलिज कम्युनिटी सेसाईटी अफ क्यालगेरी, सि.एन.सी.ए. क्यालगेरी र किँरात याक्थुम चाम्लुङ्ग रहेका थिए ।

कार्यक्रमपछि फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरेले भनिन्, ‘हामीले क्यानाडाबाट केही रकम संकलन गर्ने उद्देश्य लिएका थियौं, तर यहाँ दर्शकको उपस्थितिले झनै ठूलो आशा जागेको छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार