चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित

  बगैचा सम्बाददाता

माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाका छाेरा प्रकाश दाहालको निधनपछि वाम र लोकतान्त्रिक गठबन्धनले चितवनमा आज हुने सबै चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन्। माओवादी केन्द्र चितवनले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ। यसैबीच प्रकाश दाहालको निधन भएपछि चितवन क्षेत्र नं.३ लोकतान्त्रिक गठबन्धनकाे तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार एवंम वन मन्त्री विक्रम पाण्डेले दाहालका छोराको निधनले आफू मर्माहित भएको भन्दै आजका सम्पूर्ण चुनावी कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिएका छन् । यही मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग नेता पाण्डे प्रतिस्पर्धामा रहेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार