उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै

  बगैचा सम्बाददाता

देशका विभिन्न स्थानमा उम्मेद्वारलाई लक्षित वम प्रहारका घटनाहरु भएका छन् । दिनानु दिन उम्मेद्वारलाई लक्षित गरि आक्रमन हुन थाले पछि सुरक्षा चुनाैती थपिदै गएकाे छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात समुहले उहाँ सवार गाडीमा वम आक्रमण गरेका छन् । गोरखाको पालुङटारमा भएको आमसभालाई सम्वोधन गरेर फर्किने क्रममा तनहुको भानु १० स्थित नेपालडाँडामा पौडेल सवार गाडीमा प्रेसर कुकर वम प्रहार गरिएको हो । बम प्रहारबाट गाडीको सिसा फुटेको छ। आक्रमणकारीको पहिचान नभएको र घटनामा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उता रौतहटको चन्द्रपुर नगरपालिका स्थित राधाकृष्ण मन्दिर अगाडि बम विष्फोट भएको छ । विष्फोटमा परि ८ सर्वसाधारण घाइते भएका छन् । यसैगरी भोजपुरमा पनि अज्ञात समुहले राखेको बम पड्किदा एमालेका एक कार्यकर्ता घाइते भएका छन् । षडानन्द नगरपालिको चुनावी कार्यक्रमबाट फर्किदै गरेका एमाले कार्यकर्ता विक्रम राई बम विष्फोटमा पर्नु भएको हो । हिजो नुवाकोटमा कांग्रेस नेता रामशरण महत र रोल्पामा पूर्व सभामुख ओनसरी घर्ती, माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनलाई लक्षित गरी बम आक्रमण भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार