“नेपाल फाईनान्स ज्योती कप २०१७” को उपाधी युनलोङ फुटबल क्लबलाई

हिजो आईतवार युनलोङको लोङ पिङ फुटबल पिचमा सम्पन्न “नेपाल फाईनान्स दोस्रो ज्योति कप २०१७”को उपाधी युनलोङ फुटबल क्लब ले पोल्टामा पारेको छ। उक्त क्लबले अन हिङ फुटबल क्लबलाई फाईनल खेलमा शून्य को बिरुद्द एक गोलले पराजित गरि जित निकालेको हो।

भारी दर्शकहरुको अगाडी सनसनि पुर्ण खेलको पहिलो हाफ टायमको अन्तिम तिर पाएको पास लाई युनलोङ एफसि का बिकाश गुरुङले डि बक्स बाहिर बाट प्रहार गरेको सुन्दर सुटले गोलपोस्ट चुमे पछि त्यही गोल नै जितको लागी निर्णायक बनेको थियो।

प्रतियोगितामा पहिलो र दोस्रो हुने युनलोङ एफसि र अनहिङ एफसी टिमले क्रमश: नगद हङकङ डलर $१५००० र $९००० सहित ट्रफि र मेडल प्राप्त गरेका थिए। त्यसै गरि अनहिङ क्लबका प्रकाश थापा बेस्ट प्लेयर, अन हिङ कै निर्मल तामाङ बेस्ट गोलकिपर घोषित भए भने एस फुटबल क्लबका हेलल राई सर्बाधिक ५ गोल गरे। धरान फुटबल क्लब फेयर प्ले घोषित भएका थिए।

कुल २० नेपाली फुटबल टिमहरुले भाग लिएको उक्त प्रतियोगिता सेभेन ए साईड फर्म्याटको चार ग्रुपमा बिभक्त गरि लिग एन्ड नक आउटको आधारमा खेलाईएको थियो। हरेक बर्ष सस्करणको रुपमा निरन्तर आयोजना गरिने ज्योती क्लबका अध्यक्ष पुर्ण माख्खिमले बताए।

उक्त प्रतियोगिताको टाईटल प्रायोजन नेपाल फाईनान्स लिमिटेड हङकङले गरेको थियो। प्रथम हुने टिमलाई कप र नगद पुरस्कार फाईनान्सका डाइरेक्टर मगेन्द्र राईले प्रदान गरेका थिए।

कार्यक्रम कमेन्ट्री र एम्सि पुर्ब मिस नेपाल कन्टेस्टेन्ट रेस्मा लिम्बुले गरेकी थिईन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार