हङकङमा हस्त लिबाङ ले “रेस” चलचित्र प्रदर्शन गर्ने

गत बर्ष “खुर्पा” चलचित्रको सफल प्रदर्शन बाट हौसिएका हस्त लिबाङले आगामी नया बर्षको छेक पारेर हङकङमा “रेस” चलचित्र प्रदर्शन गर्ने तयारी हुँदै गरेको कुरा गत सनिबार जोर्डन स्थित पुरानो भारतिय भुपु क्लबमा पत्रकारहरुलाई बोलाएर जानकारी गराउदै पोस्टर सार्बजनिक गरिएको छ।यो उनको ब्याक टु ब्याक प्रदर्शन हो।

माता पाथीभरा फिल्मस प्रा लि को ब्यानरमा बनेको यो कथानक चलचित्र तयारीको अन्तिम अवस्थामा पुगेको उनले बताए। हस्त भन्छन “चार जना युवाहरु आ आफ्नो लक्ष र सपना पूरा गर्न होडबाजीमा हुन्छन। अनेकौ चुनौतिहरुको सामना गर्दै आ आफ्नो लक्षमा पुग्न सफल हुन्छन। यो एक किसिमको रेस अर्थात दौड हो।” उनले थपे ” युवाहरु परिबर्तनको सम्बाहक हुन, आधुनिक युवाहरुको कथामा आधारित भएकोले समसामयिक बिषय बस्तुलाई समेटिएको कथाले दर्शकहरुले एकपटक हेर्नै पर्ने फिल्म हो यो, त्यसमा ब्याबसायिक मसलाहरुको पनि प्रयोग गरिएको छ, फिल्म सफल हुने कुरामा म ढुक्क छु”।

किशोर सुब्बाको निर्देशनमा निर्माण भएको उक्त फिल्मका निर्माताहरुमा हस्त लिबाङ, सन्जिप लिङ्देन, हेमन्त गौतम, चन्द्र लिम्बू, राज सेम्बु रहेका छन।

कार्यक्रममा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका ईन्चार्ज जेबि ओख्राबु, हङकङ नेपाली महा संघकि रिता गुरुङ, कियाचु हङकङका त्रिभुवन लुङ्फुङ्वा लगायत निर्माताहरु, लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा प्रवास समिति हङकङको पदाधिकारीको उपस्थिति थियो।
कार्यक्रममा गत बर्ष प्रदर्शन गरिएको चलचित्र खुर्पाका लागि सहयोग पुर्याउनेहरुलाई कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रम हङकङका प्रख्यात उद्घोषक देबराज राईले सन्चालन गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार