निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक पक्राउ

  बगैचा सम्बाददाता

गत असोज २३ गते भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले कुनै परिचय खुलाएको छैन । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने प्रहरीको तयारी छ । स्रोतका अनुसार ती व्यक्ति हत्यामा प्रयोग भएको मोटरसाइकलको पछाडि बसेर भागेका थिए । हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ । उक्त टोलीमा केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरिय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक ईन्सपेक्टर छन् । २३ गते दिउँसो दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार