लिम्बुवानले अनुसन्धानवृत्ति प्रदान गर्ने !

लिम्वु र लिम्बुवान क्षेत्रको भाषिक, सास्कृतिक, धार्मिक, राजनीतिक, पुरातात्विक तथा ऐतिहासिक धरोहरहरुको संरक्षण सम्वर्द्धन र प्रवर्द्धन गर्न लिम्बुवान अध्ययन केन्द्रले अनुसन्धानवृत्ति प्रदान गर्ने भएको छ । केन्द्रले २०७४ मंसिर १ देखि ३० गतेसम्म प्राज्ञिक क्षेत्रका इच्छुक विद्धत अध्येताहरू/संघ/संस्था/समूहहरूलाई सूचना जारी गर्दै प्रस्ताव पेश गर्न आव्हान गरेको छ । विस २०७३ मा स्थापना भएको विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषमा रु. ३० लाखको अक्षय कोष रहेको र यस वर्ष रु. १ लाख वरावरको अनुसन्धानवृत्ति १ जनालाई प्रदान गर्ने केन्द्रले जनाएको छ ।

लिम्बु र लिम्बुवान क्षेत्रको प्रवर्धनका लागि मुर्त/अमुर्त सांस्कृतिक सम्पदा, अस्तित्वमा रहेका लिम्बुको मौलिक ज्ञान, मौलिक संस्कृति, धर्म, परम्परा, प्राकृतिक स्रोत साधन लिम्बु र अन्य धर्म तथा संस्कृति बिच पारस्परिक अन्तर सम्बन्ध, लिम्बु थरका विविधता र बसोबास क्षेत्र, लिम्बुजन्य खाद्य तथा सांस्कृतिक वनस्पति, लिम्बुजन्य पुरातात्विक तथा ऐतिहासिक धरोहरहरू र पर्यटकीय क्षेत्रको अध्ययनको प्राथमिकतामा परेका छन् ।

स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरु समेत सहभागि हुन सक्ने गरी आव्हान गरिएको प्रस्तावमा दक्ष, अनुभवी अनुसन्धानकर्ताहरुले प्राप्त गर्नेछन् । प्रस्ताव पेश गर्ने अन्य मापदण्डहरुमा व्यक्तिको हकमा स्नातकोत्तर वा सोभन्दा माथिको तह उत्तीर्ण हुनुपर्ने वा स्व-अध्ययनगरी अध्ययन तथा अनुसन्धान क्षेत्रमा दक्षता हासिल गरेका समूहको हकमा कुनै विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको तह उत्तीर्ण व्यक्तिले मुख्य अनुसन्धानकर्ता र सहायक अनुसन्धानकर्ता कम्तीमा स्नातक उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था गरेको छ । यसै गरेर अनुसन्धान प्रस्ताव १५ सय शव्दको नेपाली वा अंग्रेजी वा लिम्बु भाषा लिपिमा लेखिएको र सन्दर्भ सामाग्री समेत समावेश गरिएको हुनुपर्ने व्यवस्था केन्द्रले गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार