दलीय विवादका कारण उत्तरी धादिङमा अझै मतदान शुरु भएन

  बगैचा सम्बाददाता

स्थानीय राजनीतिक दलबीचको विवादका कारण अवरुद्ध भएको धादिङको रुबिभ्याली–२ तिप्लिङ ठूलो गाउँस्थित दोङ्देङ माध्यामिक बिद्यालय र खनियाबास–२ झार्लाङको मतदान प्रक्रिया अझै शुरु हुन सकेको छैन । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले बाम गठबन्धनका मतदान प्रतिनिधिलाई मतदान स्थल मा प्रवेश गर्न नदिएपछि विवाद शुरु भएको थियो । प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीका अनुसार सर्बदलीय बैठक बसेर सहमतिको प्रयास भइरहेको जानकारी दिनुभयो । यस्तै, खनियाँबास २ झार्लाङमा २ समूह बीच झडप भएपछि सो स्थानमा समेत मतदान अवरुद्ध भएको छ । झडपमा नेकपा माओबादी केन्द्रका स्थानीय नेता राम तामाङ घाइते भएका छ्न । तामाङलाइ लोकतान्त्रिक गठबन्धनका स्थानीय कार्यकर्ताले खुकुरी प्रहार गरेको आरोप माओवादी केन्द्रका छ । यसैबीच, धादिङको गजुरीस्थित भदौरे मतदान केन्द्र र जीवनपुरको शारदा माविस्थित मतदान केन्द्रमा राखिएको बम सेनाको टोलीले निष्क्रिय गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार