धरान १७ समाजको ७ औं भेटघाटसंगै देउसी भैलो सम्पन्न

  टोपबहादुर याक्खा

२५ नोभेम्बर, हङकङ– धरान १७ समाज हङकङद्धारा समाजको ७ औं भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमसंगै देउसीभैलो कार्यक्रम जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न गर्यो ।

समाजका अध्यक्ष मधु कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बृटिश गोर्खा भू.पू.सैनिक संघ हङकङका उपाध्यक्ष खडग राई रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा धरान हङकङ मञ्चका अध्यक्ष विष्णु पाख्रिन, धरान ८ समाजका अध्यक्ष धर्मराज थापा, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, सुनुवार समाज हङकङका अध्यक्ष एल.बि. मुखिया, किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पिताम्बर राई, बगैचा लिमिटेड हङकङका अध्यक्ष नरेश सुनुवार लगायत समाजका सल्लाहकारहरु रहेका थिए ।

समाजका सल्लाहकार महेन्द्र विक्रम देवानको श्वागत मन्तब्यसंगै शुरु भएको औपचारिक कार्यक्रममा धरान हङकङ मञ्चका अध्यक्ष विष्णु पाख्रिन, प्रमुख अतिथि खडग राई, अतिथिहरु पिताम्बर राई, एल.बि. मुखिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालक समाजका सचिव विनोद राईद्धारा समाज स्थापना भएयता समाजले गरेका मुख्य–मुख्य सामाजिक कार्यहरुमा करिब ६० लाख आर्थिक सहयोग गरिएको बारे बुँदागत रुपमा जानकारी दिएका थिए । शुभकामना मन्तब्यसंगै समाजका अध्यक्ष मधु कुमार राईद्धारा समाजले वार्षिक रुपमा मनाउँदै आएको देउसी भैलो कार्यक्रमलाई सफल बनाउँन उपस्थित धरान १७ वडाबासी लगायत सम्पूर्ण अतिथिहरु प्रति हार्दिक आभार सहित पहिलो चरणको कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

पहिलो चरणको औपचारिक कार्यक्रमको समापनसंगै देउसी भैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार