डा. केसी र सरकारबीच पाँचबुँदे सहमति, अनसन तोड्दै

२९ पुस २०७४

काठमाडौँ

अनसनरत डा. गोविन्द केसी र सरकारबीच गएराती पाँचबुँदे सहमति भएको छ । गएराति ८ बजेदेखि सुरु भई करिब २ घन्टासम्म चलेको वार्तापछि भएको सहमतिसँगै डा. केसीले आज बिहान १० बजे अनसन तोड्नुहुने भएको छ । सहमतीअनुसार चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने, त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधा लगायतका ५ वटा बुँदा समेटिएका छन् ।  सरकारी बार्ता टोलीका संयोजक एवं स्वास्थ्य मन्त्री दिपक बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको प्रक्रिया समेत अघि बढ्ने भएकाले अनसन अन्त्य गर्न आग्रह गरिएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार