मुगुमा माघीको रौनक

  बगैचा सम्बाददाता

माघ १, २०७४ मुगु —

यहाँका गाउँमा माघीको रौनक बढ्न थालेको छ । माघीका अवसरमा विवाहित छोरीचेली माइती घर सगुन खान आउने गरेका छन् । माइती पक्षले माघीमा छोरीचेलीलाई घरमा बोलाएर सेलरोटी, पुरी, खिरलगायत मीठा भोजन गराउने चलन पुरानै हो । केही गाउँमा रातो मार्सी धानको चामलमा मासको दाल र घ्यूबेसार मिसाएर खिचडी बनाई खुवाउने चलन पनि छ । माइती घरमा अग्रास (सगुन) खान आएकी चेलीले कोसेली पनि बोकेर आउँछन् । छोरीचेलीलाई घर बोलाएर अग्रास खुवाउँदा धर्म हुने विश्वास छ । घरमा जम्मा भएकी चेलीलाई माइती नाता लाग्ने सबैले पालैपालो अग्रास खुवाउने सोरु गाउँपालिकाकी रुपसरा कार्कीले बताइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार