सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र

  बगैचा सम्बाददाता

३ माघ २०७४
काठमाडौं

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारका एक मन्त्रीका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा अस्थायी राजधानी तोकिएको छ । यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र तोकिएको पनि ती मन्त्रीले जानकारी दिए । विभिन्न दलका नेता र स्थानीय स्तरमा प्रदेश राजधानीका विषयमा फरक फरक धारणा र दवाव आन्दोलतहरु भइरहेको बेला सरकारले प्रदेश राजधानी तोकेको हो । बैठकले प्रदेश प्रमुख पनि तोकेको छ । बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा , प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला , प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर , प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा , प्रदेश नम्बर ६ को प्रमुखमा दुर्गा खनाल र ७ को प्रमुखमा मोहनराज मल्ललाई तोकिएको छ । बैठकले सातवटा प्रदेशका अस्थायी केन्द्र तोकेपछि त्यसको विरोधमा प्रदर्शन भएका छन् । सरकारको उक्त निर्णयको विरोधमा धनकुटामा प्रदर्शनसहित क्षेत्रीय प्रशासकसहित प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन भएको छ । त्यसैगरी प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीलाई तोकेपछि दाङमा पनि विरोध भएको छ । प्रादेशिक राजधानी सरोकार समितिको बुधबार बसेको बैठकले सरकारको उक्त निर्णयको विरोध गर्दै माघ ३ लाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार