हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन

  टोपबहादुर याक्खा

१४ जनवरी, हङकङ – नेपाली चलचित्र, गीत संगित र कलाकारहरुको राम्रो बजार रहेको हङकङमा एकै दिन दयाहाङ राई अभिनित २ वटा चलचित्रहरु “तान्द्रो” र “मिस्टर झोले” प्रदर्शन भयो ।

दयाहाङ राई, बुद्धि तामाङ, रामबाबु गुरुङ, सरस्वती चौधरी लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको १० वर्षे जनयुद्धको घटनाको कथामा आधारित चलचित्र “तान्द्रो” लाई नेपाल

आदिवासी जनजाति महासंघ हङकङले कोष अभिवृद्धिका लागि च्यारिटी शो प्रदर्शन गरेको हो भने मृगौला पीडित दिलु माया गुरुङको उपचार सहयोगार्थ गोर्खा सिमेट्री ट्रष्टद्धारा निर्देशक रामबाबु गुरुङ, नायक दयाहाङ राई र नायिका दिया पुन समेत कार्यक्रममा हङकङ ल्याएर “मिस्टर झोले” प्रदर्शन गरेका थिए ।

१० वर्षे जनयुद्धका क्रममा विशेष गरी जनजाति युवाहरु बढि युद्धमा प्रयोग गरिएको र युद्ध पश्चात लोकतन्त्र, गणतन्त्र हुंदै देश संघियता तर्फ अगाडी बढिसकेता पनि तत्कालिन युद्धमा मरेका, घाइते तथा विस्थापित भएकाहरुको पीडा उस्तै भएकाले पनि आदिवासी जनजाति महासंघले चलचित्र “तान्द्रो” लाई रोजेको नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राईले बताए ।

जनयुद्धका क्रममा सांस्कृतिक विभागका कमरेड कोसिस (दयाहाङ राई) लाई सेनाको गोली लागि घाइते भए पश्चात हप्तौ सम्म भोकै र तिर्खै उनले भोग्नु परेका पीडाका कथालाई चलचित्र तान्द्रोमा जिवन्त उतारिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार