केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सरकार उदासीन

१५ माग, काठमाडौं ।   केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा शेरबहादुर देउवा नेतृत्वको सरकारले चासो नदिएको, सीडीओहरुले प्रदेश सरकार मातहत नबस्ने चेतावनी दिएको  छन् । उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढेको नागरिकको समाचारमा उल्लेख छ । कात्तिक २४ गते काठमाडौंमा सम्पन्न नेपाल–चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दोस्रो चरणको बैठक २०१७ डिसेम्बरमा बेइजिङमा बस्ने समझदारी भएको थियो । केरुङ–काठमाडौं रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले भने अनिच्छा देखाएको छ । तर नेपाली पक्षबाट चासो नदिँदा अहिलेसम्म बस्न सकेको छैन ।’ वाम गठबन्धनले आफ्नो बहुमत पुगेको ६ वटा प्रदेशमा ७०–३० को भागबण्डा गर्ने सहमति गरेको छन् । एमाले–माओवादी केही समयदेखि प्रदेशको बाँडफाँट मिलाउन सक्रिय थिए ।  यसका अतिरिक्त युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी हुने भएका छन् । आर्थिक हिसाबमा विश्व क्रिकेटको सबैभन्दा ठूलो उक्त लिगको आइतबार भारतको बैंग्लोरमा सम्पन्न दुई दिने अक्सनमा दिल्ली डेयरडेभिल्सले लेग स्पिनर सन्तोषलाई भाउ लगाएको छन्   दुई वर्षअघि नेपाली क्रिकेट टिमका प्रशिक्षक पुवुदु दासानायके चितवन आएका थिए । चितवन क्रिकेट संघको विशेष अनुरोधमा उनले यहाँ प्रशिक्षण गरिरहेका केही खेलाडीको बलिङ र ब्याटिङ अवलोकन गरे । पुवुदु सुरुमै सन्दीपको बलिङ एक्सनबाट प्रभावित भए । तत्कालै उनले चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानलाई सन्दीपमा बलिङ क्षमता रहेको भन्दै काठमाडौं पठाउन अनुरोध गरे ।  लगत्तै केही दिनको तयारीपछि सन्दीप राष्ट्रिय क्रिकेट टिममा अटाए । सन्दीपका लागि त्यो समयमा पुवुदु आउनु नै भाग्य कोरिएजस्तै बन्यो । चितवनको नारायणगढस्थित क्याम्पाचौचरमा १४ वर्षीय सन्दीपले देखाएको असाधारण प्रतिभालाई मध्यनजर गर्दै पुवुदुले काठमाडौंसम्मको यात्रा तय गराएका हुन् । टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिजका क्रिस गेल सबैभन्दा आक्रामक व्याट्सम्यान मानिन्छन् । टी–२० मा १० हजार रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् ।  उनले आइपीएलमा पाँच शतक पूरा गरेका छन् । तर आईपीएल २०१८ का लागि दुईपटकको अक्सनमा उनी असफल रहे । तेस्रो अक्सनमा उनलाई किंग्स इलेभेन पन्जाबले लियो । तर उनीजस्ता धेरै चर्चित अनुहारले यसपालि आईपीएल गुमाउँदैछन् । लेन्डी सिमोन्स (वेस्ट इन्डिज), इयान मोर्गेन (इंग्ल्यान्ड), हासिम अम्ला (दक्षिण अफ्रिका, मार्टिन गुप्टिल (न्यूजिल्यान्ड), जेम्स फल्कनर (अस्टेलिया) , जोनी व्यारिस्टो (इंग्ल्यान्ड) र जोस हेजलउड (अस्ट्रेलिया) अनसोल्ड भएका केही चर्चित खेलाडी मध्येका हुन् । त्यसैगरी इशान्त शर्मा (भारत) श्यामुअल बद्री (वेस्ट इन्डिज), ओरी एन्डर्स, डेल स्टेन (दक्षिण अफ्रिका), अमित मिश्र (भारत) , कुशल परेरा (श्रीलंका) र लासिथ मालिंगा (श्रीलंका) पनि बिक्री भएनन् ।

वरीयता नमिलेपछि प्रदेश प्रहरी प्रमुखमा डीआईजी

सरकारले प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) खटाउने भएको समाचार छ । यसका लागि सात डिआइजीको दरबन्दी थप गरिएको छ । प्रदेश सरकारको मन्त्रालयमा प्रशासन प्रमुख सहसचिव रहने व्यवस्था बनाइएपछि सरकारले प्रदेश प्रहरी प्रमुखमा डिआइजी खटाउने भएको हो । सातवटै प्रदेश प्रहरी प्रमुखमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाइएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीलाई कोड गर्दै  वरीयता मिलाउनुपर्ने भएकाले प्रदेश प्रहरी प्रमुखका रूपमा डिआइजी खटाउन लागिएको  छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार