रिक्सा चढ्नुभन्दा अब प्लेन चढ्नै सस्तो

२१ माघ, काठमाडौं । भनिन्छ हवाई जहाजको यात्रा सबैभन्दा महंगो हुन्छ । त्यसैले आम सर्वसाधारणको यात्राको माध्यम सार्वजनिक बस, ट्याम्पु, ट्याक्सी वा अटोरिक्सा हुने गर्दछ । यदि कसैले तपाईंलाई रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुन्छ भन्यो भने तपाईं ठान्नुहुन्छ, यो मान्छे बहुलाएछ । तर, भारतका एक नागरिक उड्डेयन मन्त्रीले नै रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुने दावीसहित गणितीय तथ्यांक नै पेस गरेका छन् ।भारतको इन्दरोरमा शनिबार आयोजित २७ औं इन्टरनेसनल म्यानेजमेन्ट कन्फ्रेन्समा नागरिक उड्डयन मन्त्री जयन्त शर्माले यस्तो दावी गरेका हुन् । कार्यक्रममा उनले भने, ‘भारतमा अटो रिक्साको भाडा भन्दा प्लेनको भाडा कम छ । केही मानिसहरुले मलाई भन्लान्, नचाहिँदो कुरा गर्‍यो भनेर, तर यो सत्य हो । यसको गणितीय ब्याख्या गर्दै सिन्हाले भने, ‘आजभोलि यात्रुहरुले इन्दोरबाट दिल्ली जाँदा हवाइजहाजमा प्रतिकिलोमिटर केबल ५ रुपैयाँ खर्च गर्छन् । तर यदि रिक्सा चढ्नु भयो भने तपाईंले प्रतिकिलोमिटर ८ देखि १० रुपैयाँ तिर्नुपर्छ । त्यही भएर धेरै मानिसहरुले यात्रा गर्दा हवाई जहाज रोज्ने गरेको उनको दावी छ । संसारमै हवाइजहाजको भाडा सस्तो भएकाले भन्दै उनले अर्थमन्त्री अरुण जेट्लीलाई चप्पल लगाउने व्यक्तिहरु पनि हवाई जहाजमा उडिरहेको विषयलाई ख्याल गर्न आग्रह गरे । सिन्हाका अनुसार चार वर्ष अघि हवाई जहाजमा यात्रा गर्ने मानिसको संख्या ११ करोड रहेकोमा यसै आर्थिक वर्षको अन्त्यतिर यो संख्या झण्डै २० करोड पुगेको छ । उनले आगामी वर्षमा सरकारले हवाई यात्रा गर्ने व्यक्तिहरुको संख्या पाँच गुणाले बढाउने पनि बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार