पान्थर मञ्च हङकङको नेतृत्वमा हर्क राना

  टोपबहादुर याक्खा

हङकङ– हर्क रानाको अध्यक्षतामा १० सदस्यित कार्य समितिको चयन गर्दै पान्थर मञ्च हङकङको चौथो अधिवेशन सम्पन्न भयो ।
४ फेब्रुअरी आइतबारका दिन जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न उक्त अधिवेशन मार्फत चयन भएका कार्य समितिमा अध्यक्ष– हर्क राना, उपाध्यक्ष–कमानध्वज लाओती, सचिव–बालकृष्ण हाङसोरुम्बा, सह–सचिव–बेदराज सेत्लिङ, कोषाध्यक्ष–मनि कुमार फियाक, सह–कोषाध्यक्ष–पवित्रा राई र सदस्यहरुमा देउमान लिम्बु, सुनिता गिरी, धुपेन्द्र लाओती र रोमन लाओती रहेका छन् ।

फोटो–रबिन लिङदेन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार