नामिबिया १३८ मै अलआउट, सन्दिपले लिए ४ विकेट

२५  माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोलीलाई ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनायो । उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । गि्रन र जान फ्राइलिंकले समान २२ रन जोडे ।  नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने एक्लैले चार विकेट लिए ।८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र १८ रन दिएका थिए ।सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १-१ विकेट आफ्नो नाममा लेखाए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार