प्रधानमन्त्री देउवाले गरे राष्ट्रिय सभामा ३ जना नाम सिफारिस

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्रिपरिषदले नाम सिफारिस गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएसंगै गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपति समक्ष पठाउने तयारी भएको छ

  बगैचा सम्वाददाता

काठमाडौ

प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय सभामा ३ जना सदस्यको नाम सिफारिस गरेर राष्ट्रपति समक्ष पेश गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्रिपरिषदले नाम सिफारिस गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएसंगै गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपति समक्ष पठाउने तयारी भएको छ । संविधानको धारा ८६ को २ ख अनुसार सरकारले राष्ट्रिय सभामा ३ जना सदस्य मनोनीत गर्न पाउँछ । सरकारको यो मनोनयनसंगै राष्ट्रियसभाले पूर्णता पाउनेछ । यसैबीच राजपा र संघीय समाजवादी फोरमले भने प्रधानमन्त्रीको सिफारिसप्रति आपत्ति जनाएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले आफुखुशी नाम सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रिय सभा चुनावमा यी दुबै दलसंग कंग्रेसले तालमेल गरेर मनोनीत एक सिट राजपा–फोरमलाई दिने सहमति गरेको थियो ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार