प्रचण्डले भने- अर्को फड्को हान्न बेर मान्दिनँ

२८ माघ, काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अस्थिर भनेर व्यग्य नगर्न आग्रह गरेका छन् ।  प्रचण्डमाथि अस्थिर बनेको आरोप लाग्ने गरेको छ । एमालेसँग सत्तामा रहेका उनी भद्र सहमति अनुसार प्रधानमन्त्री नछाडेको भन्दै रातारात कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका थिए । कांग्रेससँग सरकारमा रहेका बेला गत दशैंताका विपक्षी एमालेसँग चुनावी तालमेलको सहमति गरेर अर्का सप्राइज दिए । अहिले पनि कतिपय एमाले नेताहरूले प्रचण्ड अस्थिर भएकै कारण पार्टी एकताका लागि चाहिने विश्वास बन्न गाह्रो भइरहेको बताउने गरेका छन् । तर, पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने देश हितलाई हेरेर यस्ता फड्को मार्ने गरेको दाबी गरेका छन् । चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले एमाले छाडेर कांग्रेसतिर जानुको कारण सुनाए । ‘ कतिपय प्रधानमन्त्री बन्न मात्र गयो भन्ने परेको होला, त्यो सत्य होइन’ उनले अघि भने, ‘मलाई मैले मात्र पार्टीहरुको तिक्तता, जातिजाति तथा मधेस र पहाडबीच बढेको दुरी घटाउन सक्छु भन्ने लाग्यो ।  अस्थिर भन्दै व्यग्य गर्न आवश्यक नरहेको भन्दै उनले भने, ‘अहिले म जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ ।  प्रचण्ड भनेकै अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने भएको उनको तर्क छ ।  बाल्मिकी पहिला डाँका रहेको र बुद्ध धर्मलाई स्थापित गर्ने राजा अशोक पनि युद्ध कमाण्डर भएको उनले स्मरण गरे । आफ्नो स्थिति पनि अरु पार्टी र नेताहरु भन्दा भिन्न रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, फरक हुनुमा मलाई गर्व छ । राजनीतिबारे प्रतिकात्मक रुपमा मात्र बोलेको भन्दै उनले कुनै दिन साच्चीकै रुपमा भन्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार