११ फेब्रुवरी, हङकङ– टोपबहादुर याक्खा (राई) को अध्यक्षतामा १३ सदस्सीय कार्य समितिको चयन गर्दै संखुवासभा समाज हङकङको ९ औं अधिवेशन जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भयो ।
पहिलो चरणको खुल्लासत्र कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कर्ण कोरङ्गीले गरेका थिए भने प्रमुख अतिथिका रुपमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ रहेकी थिइन । त्यस्तै गरि अन्य अतिथिहरुमा गुरुङ (तमु) संखुवासभा समाज हङकङका अध्यक्ष धीरज गुरुङ, दिदी बहिनी समूह संखुवासभा हङकङकी अध्यक्ष लक्ष्मि गुरुङ, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, लोहरुङ याखाबा युयोङ हङकङका प्रतिनिधी राजु राई, समाजका सल्लाहकारहरु उपेन्द्र कोरङ्गी, लालबहादुर गुरुङ, खेमाहाङ जिमी, चित्रकार दिपेन्द्र राई लगायत रहेका थिए ।
समाजका उपाध्यक्ष टोपबहादुर याक्खा (राई) को श्वागत मन्तब्यसंगै कार्यक्रमका अध्यक्ष कर्ण कोरङ्गी र प्रमुख अतिथि रिता गुरुङद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान, समाजका सल्लाहकारहरु खेमाहाङ जिमी, लालबहादुर गुरुङ, उपेन्द्र कोरङ्गी, प्रमुख अतिथि रिता गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
समाजका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमकै क्रममा समाज सेवा, पत्रकारिता, चित्रकार लगायत विभिन्न क्षेत्रबाट समाजलाई विशेष योगदान दिने जिल्लाबासी समाजसेवी, पूर्व अध्यक्षहरु, पत्रकार, विज्ञापनदाताका साथै विभिन्न गैरजिल्लाबासी व्यत्तित्वहरुलाई समेत समाजको तर्फबाट सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
आफ्नो ३ वर्षे कार्यकाललाई सफल बनाउँन विभिन्न क्षेत्रबाट सहयोग गर्ने कार्य समितिका पदाधकिारी, सल्लाहकार, आजिवन सदस्य लगायत समस्त जिल्लाबासीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै समाजका अध्यक्ष कर्ण कोरङ्गीद्धारा समिति विघटन भएको घोषणा गरेसंगै उपेन्द्र कोरङ्गीको अध्यक्षतामा गठित ३ सदस्यीय निर्वाचन मण्डलद्धारा निर्विरोध चयन भएका कार्य समिति सदस्यहरुमा क्रमशः अध्यक्ष– टोपबहादुर याक्खा (राई), उपाध्यक्षद्धय– सुशन गुरुङ र नरमाया गुरुङ, सचिव– लिलाबहादुर गुरुङ, सह–सचिव–सुरज शाक्य, कोषाध्यक्ष–एम.बी.राई (बहादुर सिं राई), सह–कोषाध्यक्ष– राज कुमार राई र सदस्यहरुमा क्रमशः नुतनराज गुरुङ, मिलन राई, पूर्ण प्रसाद देवान, गंगा प्रसाद याक्खा, लोकराज देवान र उर्मिला गुरुङ रहेका छन् ।
१९९६ मा स्थापित संखुवासभा समाज हङकङबासी नेपालीहरु माझ दोस्रो जेठो संस्थाको रुपमा परिचित हुनुका साथै सामाजिक कार्यहरुमा समेत उत्तिकै सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ ।
संखुवासभा समाज हङकङको ९ औं अधिवेशनबाट निर्वाचित कार्य समितिका पदाधिकारीहरुः
१. अध्यक्ष– टोपबहादुर याक्खा (राई)
२. उपाध्यक्ष– सुशन गुरुङ
३. उपाध्यक्ष– नरमाया गुरुङ
४. सचिव– लिलाबहादुर गुरुङ
५. सह–सचिव–सुरज शाक्य
६. कोषाध्यक्ष – एम.बी.राई (बहादुर सिं राई)
७. सह–कोषाध्यक्ष– राज कुमार राई
८. सदस्य– नुतनराज गुरुङ
९. सदस्य– मिलन राई
१०. सदस्य– पूर्ण प्रसाद देवान
११. सदस्य– गंगा प्रसाद याक्खा
१२. सदस्य– लोकराज देवान
१३. सदस्य– उर्मिला गुरुङ