प्रतिनिधिसभामा एमाले समानुपातिक सांसद : नेता पत्नीदेखि उद्योगीसम्म

२९ माघ २०७४,  काठमाडौं – एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ चार पुरुषसहित ४१ जनाको नाम टुंगो लगाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले टुंगो लगाएको नामावली सूचीका केहीले पहिले पनि समानुपातिकतर्फ अवसर प्राप्त गरिसकेका छन्। ४१ जनामा नेता पत्नीदेखि विद्यार्थी नेतृ र उद्योगीसम्म छन् । एमालेले पार्टीमा काम गर्दागर्दै जीवन गुमाएका नेताका पत्नीलाई पनि समानुपातिक सांसद बनाएको छ। उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापा, शंकर पोख्रेलकी पत्नी सुजिता शाक्य, एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकी पत्नी विना श्रेष्ठ, केन्द्रीय सदस्य रघुवीर महासेठकी पत्नी जुली महतो पनि समानुपातिक सांसदको सूचीमा छन् । थापा भ्रातृ संगठन अखिल नेपाल महिला संघकी नेतृ तथा शाक्य, श्रेष्ठ र महतो पार्टी केन्द्रीय सदस्य हुन् । नेता गौतम बर्दियाबाट प्रतिनधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए भने पोख्ररेल प्रदेश नम्बर पाँचको मुख्यमन्त्री बन्ने तयारीमा छन् । कृष्णगोपालले काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने महतोले धनुषा–४ बाट चुनाव जितेका छन्। समानुपातिक सांसदमा दोहोरिनेमा थममाया थापा, राधा ज्ञवाली, विन्दा पाण्डे, रामप्रित पासवान, शान्ता चौधरी, गंगा चौधरी र शान्तिमाया पाख्रिन छन् । उनीहरु पहिलो संविधानसभामा सदस्य बनेका थिए । गंगा पहिलो र दोस्रो संविधानसभामा जातीय दलबाट संविधानसभामा पुगेकी थिइन् । गत कात्तिकमा उनी एमाले पसेकी हुन्। यसपटक पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद सूचीमा परेका मोहन बानियाँले दोस्रो संविधानसभामा प्रत्यक्षबाट चुनाव जितेका थिए । त्यसैगरी स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने यसअघि तीनपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले २०४८, २०५१ र २०५६ मा चुनाव जितेका थिए। आदिवासी जानजाति कोटाबाट समानुपातिक सांसद सूचीमा परेका विजय सुब्बा पनि पूर्वसांसद हुन्। अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमार झाँक्री र वर्तमान अध्यक्ष नवीना लामा पनि आदिवासी जनजातितर्फबाट सांसद बनेका छन्। पहिलो संविधानसभा सदस्य पाख्रिन माओवादी द्वन्द्वपीडित हुन् । द्वन्द्वको समयमा दोलखा जिल्लास्तरका नेता रहेका उनका पतिको हत्या माओवादी कार्यकर्ताले गरेका थिए । त्यसैगरी माओवादीले हत्या गरेका यदु गौतमकी पत्नी तीर्था गौतमले पनि दोस्रोपटक सांसद बन्ने अवसर प्राप्त गरेकी छिन् । उनले २०५६ सालमा रुकुमबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्। एमाले तत्कालीन अध्यक्ष मदन भण्डारीसँगै दासढुंगा दुर्घटनामा परी ज्यान गुमाएका पार्टी संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी मायादेवी न्यौपाने पनि समानुपातिक सांसदको सूचीमा छिन् । न्यौपानेलाई अवसर नदिएको भन्दै पार्टीभित्र आलोचना हुँदै आएको थियो।

यस्ता छन् एमाले समानुपातिक सांसद

१. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)

२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)

३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)

४. मोतीलाल दुगड (मधेसी/पुरुष)

५. थममाया थापा (आदिवासी जनजाति/महिला)

६. डा. शिवमाया तुम्बाहाम्फे (आदिवासी जनजाति/महिला)

७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)

८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)

९. विना श्रेष्ठ (आदिवासी जनजाति/महिला)

१०. तुल्सा थापा (आदिवासी जनजाति/महिला)

११. नवीना लामा (आदिवासी जनजाति/महिला)

१२. शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)

१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)

१४. विनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)

१५. राधाकुमारी ज्ञवाली (खसआर्य/महिला)

१६. बिन्दा पाण्डे (खसआर्य/महिला)

१७. गोमा देवकोटा (खसआर्य/महिला)

१८. कल्याणीकुमारी खड्का (खसआर्य/महिला)

१९. निरुदेवी पाल (खसआर्य/महिला)

२०. मनकुमारी जिसी (खसआर्य/महिला)

२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)

२२. विष्णु शर्मा (खसआर्य/महिला)

२३. सरिता न्यौपाने (खसआर्य/महिला)

२४. मैनाकुमारी भण्डारी (खसआर्य/महिला)

२५. तीर्था गौतम (खसआर्य/महिला)

२६. शान्ता चौधरी (थारु/महिला)

२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)

२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)

२९. निरादेवी जैरु (दलित/महिला)

३०. विमला विश्वकर्मा (दलित/महिला)

३१. विमला विक (दलित/महिला)

३२. पार्वतीकुमारी बिसुंखे (दलित/महिला)

३३. सानु शिवा (दलित/महिला)

३४. आशाकुमारी विक (दलित/महिला)

३५. जुलीकुमारी महतो (मधेसी/महिला)

३६. पुष्पाकुमारी कर्ण कायस्थ (मधेसी/महिला)

३७. सरलाकुमारी यादव (मधेसी/महिला)

३८. रेखाकुमारी झा (मधेसी/महिला)

३९. सरिताकुमारी गिरी (मधेसी/महिला)

४०. कालिला खान (मुस्लिम/महिला)

४१. समिना हुसेन (मुस्लिम/महिला)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार