शिवरात्रिमा ओलीको शुभकामना– विकास र समृद्धिमा सम्झौता हुँदैन

फाल्गुन १, २०७४ , काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिमा कसैसँग सम्झौता नगर्ने बताएका छन् । ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकोले अब देशको प्राथमिकता विकास र समृद्धि भएको बताए। अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘निर्वाचन मार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि कसैसँग पनि सम्झौता गर्दैनौं। ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीहरुबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिएका छन्। ‘धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भहरु हुन्,’ अध्यक्ष ओलीको भनाइ छ, ‘धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् । महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समूदायले उत्तिकै श्रद्धा गरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार