वाम गठबन्धन टुटाउने षडयन्त्र : दाहाल

  बगैचा सम्वाददाता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न प्रलोभन र धम्की दिएर वाम गठबन्धन टुटाउने षडयन्त्र भईरहेको दाबी गरेका छन् । महोत्तरीको हात्तीलेटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले निर्वाचनमा झन्डै दुई तिहाई बहुमत आइसकेपछि कहिले माओवादी कहिले एमालेलाई प्रलोभन र धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले एकतालाई टुंगोमा पुर्याेउन दुवै पार्टीभित्र दबाब बढाउनुपर्ने बताउंदै दुवै पार्टीका नेता, कार्यकर्ता सहित सबैलाई विभिन्न षड्यन्त्र प्रति सचेत रहँदै खबरदारी समेत गरे । दिग्भ्रमित नहुन जनतालाई आग्रह गर्दै नयाँ युग निर्माण गर्ने ऐतिहासिक अभियान सुरु गरेकाले सहिद र अग्रजहरुले देखेका क्रान्तिको सपना पूरा गर्न निरन्तर अघि बढ्नुपर्ने दाहालको भनार्इ थियो । जनता, सिंगै पार्टीका नेता, कार्यकर्ताहरु आफैं अगाडि नआएसम्म अभियान पूरा नहुने भन्दै दाहालले एक–दुई जना नेतामा भर परेर विकास, समृद्धि र समाजवादसम्म पुग्न नसकिने बताए। वाम गठबन्धनप्रति जनताले ठूलो आशा, अपेक्षा गरेको भन्दै त्यसलाई पूर्णता दिन सरकारलाइ पूर्णता दिई अगाडि बढ्ने उनको भनार्इ थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार