नेपाल बन्दको आंशिक प्रभाव

  बगैचा सम्वाददाता

काठमाडौं

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको आजको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् भने शैक्षिक संस्थाहरु प्राय बन्द छन् । विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामान्य रुपमा गाडी चलिरहेको जानकारी दिएको छ । हालसम्म अप्रिय घटना केही नभएको जानकारी प्राप्त भएको छ ।  नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा पनि बन्दको प्रभाव सामान्य रहेको जानकारी प्राप्त भएको छ । बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार