राष्ट्रपति निर्वाचन फागुन २९ गते…………

१० फागुन, काठमाडौं ।  राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ ।  निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।  २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । २३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।  दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुर्‍याएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।  त्यही दिन ४ बजेबाट मतगणना सुरु हुनेछ ।  यदि कुनै उम्मेदवारले निर्वाचक मण्डलको कुल सदस्यको बहुमत प्राप्त नगरे फेरि मतदान गराइने आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार