प्रदेश मुख्यमन्त्री र मन्त्रीको दैनिकी……….

काठमाडौं

सातवटै प्रदेशका सरकारहरु सञ्चालनमा आए पनि व्यवस्थापन भने निकै गञ्जागोल भएको छ । पूर्वाधार अभावमा प्रदेशको काम–कारबाही लठबद्र भएको  छ ।  प्रदेश व्यवस्थापन कमजोर हुँदा मन्त्री र मुख्यमन्त्रीको दैनिकी थोत्रा गाडी चढेर भद्रगोल कार्यालय धाउने र र बेलुकी होटलमा सुत्नेमा मात्रै सीमित छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका लागि जोहदा रोडमा एउटा घर तयार पारिएको थियो । तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्ट हाउसमा बसिरहेका छन् । आन्तरिक मामिला मन्त्री हिक्मत कार्की फुड एन्ड फन रिसोर्टमा र आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो होटेल स्वागतमा छन् ।  प्रदेश २ का लागि केन्द्र सरकारले दिएका पाँचमध्ये तीनवटा गाडी चल्नै नसक्ने छन् भने दुई गाडी पनि मर्मत गर्नुपर्ने भएको छ । उक्त गाडी मर्मत गर्न १७ लाख लाग्ने अनुमान छ ।धनुषास्थित सिँचाइ कार्यालयले सभामुख सरोजकुमार यादवलाई दिएको गाडीमा सिट कभरसमेत छैन । प्रदेश ३ को प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय र सात मन्त्रालयका लागि केन्द्रबाट दुई सय ३७ कर्मचारी खटाइए पनि हालसम्म ६८ कर्मचारी मात्र हाजिर भएको  छ । प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीका लागि आवास तयार हुँदैछ भने प्रदेश ५ मा २३५ कर्मचारी पठाइएकोमा ४९ जना मात्रै हाजिर भएका छन् । ६ मा पनि उस्तै दुःख छ । सरकारी निवास नपाउँदा मन्त्री होटलमा बसिरहेका छन् भने प्रदेश ७ का कर्मचारी सम्पर्कमा छैनन् । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भएको करिब डेढ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार काण्डमा तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत सुभास निरौलालाई मुख्य दोषी ठहर गरेको  छ । जन्मँदै जीर्ण प्रदेश व्यवस्थापन’  प्रदेश सरकार व्यवस्थापनको चित्र प्रस्तुत गरेको छ  एमाले–माओवादीबीच मन्त्रालयको भागबण्डा टुंगिए पनि माओवादीमा गृह मन्त्रीका आकांक्षी धेरै हुँदा छनोट विषय पेचिलो बनेको दाबी गरेको छ । यसका अतिरिक्त मधेसी सरकारलाई एमालेले समर्थन गरेको, विषादीयुक्त तरकारी आयात रोक्न प्रदेश नाकामा प्रयोगशाला राख्ने तयारी गरिएको, नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकका सूचीमा परेको  छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार