विश्वकप छनोटमा नेपालको लक्ष्य ‘सुपर सिक्स………..

११ फागुन, काठमाडौं ।  विश्वकप छनोट खेल्न जिम्बाब्वे उड्ने तयारी गर्दै गर्दा नेपालले कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलि भोलि शनिबार जिम्बाब्वे प्रस्तान गर्नेछ । दुई अभ्यास खेलपछि फागुन २० मा घरेलु टोलीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बीमा रहेको नेपालले अफगानिस्तान, हङकङ, स्कटल्याण्ड पनि खेल्नुपर्नेछ । प्रशिक्षक जगत टमाटाले विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्स भएको बताए । ‘विश्वकप खेल्ने सपना त छ तर, अहिले हाम्रो लक्ष्य सुपर सिक्स हो’ उनले भने । हरेक समूहका तीन शीर्ष टोली सुपर सिक्समा पुग्नेछन् । यदि नेपालले सुपर सिक्समा स्थान बनाउन सक्यो भने समूह एबाट आउने टिमहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

समूह एमा

१,  वेष्टइण्डिज,

२ , आइरल्याण्ड,

३ , नेदरल्याड्स,

४ , पपुवा न्यूगिनी

५ , यएई छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार