प्रदेश नं. ६ को नाम कर्णाली र राजधानी सुर्खेत कायम

  बगैचा सम्वाददाता

सुर्खेत

प्रदेश नम्बर ६ को नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम गरिएको छ। आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको हो । नेकपा एमालेका सा‌संद तथा दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली थिए भने नेपाली कांग्रेसका सचेतक दिनवन्धु श्रेष्ठ, नेकपा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र राप्रपाकी सोशीला शाहीले समर्थन गरेका थिए। उक्त प्रस्तावलाई सभामुख राजबहादुर शाहीले पारित भएको घोषणा गरेका थिए । यस्तै सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी बनाउनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्ताव गरेका थिए। एमाले सांसद अम्मरबहादुर शाही र माओवादी केन्द्रका सांसद नरेश भण्डारीले समर्थन गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार