भारतीय अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन

भारतीय अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयाघात भएर ५४ बर्षीय श्रीदेवीको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ मा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले चार वर्षकै उमेरमा तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । बलिउडमा महिला सुपरस्टारको रुपमा चर्चित उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । चार दशक लामो बउिउड यात्रामा ३ सय चलचित्रमा अभिनय गरेकी श्रीदेवीले नगिना, लाडला, जुदाई, हीर राञ्झा, रुप की रानी, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौँ सुपरहिट चलचित्रमा अभिनय गरेकी छिन् । ८० को दशकलाई बलिउडमा श्रीदेवीकै दशकको रुपमा लिइएको थियो । उनी बालकलाकारको रुपमा सन् १९७५ मा चलचित्र ‘जुले’ बाट बलिउडमा प्रवेश गरेकी थिइन् । सन् १९९७ मा चलचित्र जुदाई मार्फत बलिउडमा चर्चा कमाएकी श्रीदेवीले १५ वर्ष पछि सन् २०१२ मा सुपरहिट चलचित्र इंग्लिश –विंगलिश मार्फत कमब्याक गरेकी थिईन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘मम’ उनको ३ सयौं चलचित्र थियो । सन् २०१३ मा भारत सरकारले श्रीदेवीलाई पद्यमश्री सम्मानबाट सम्मानित गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार