नकुहिने प्लास्टिक उत्पादन कम्पनीलाई प्रतिबन्ध लगाउने: मन्त्री लालबाबु पण्डित

  बगैचा सम्वाददाता

काठमाडौ

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लास्टिक उत्पादन गर्ने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने बताएका छन्। मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य वस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध गर्ने बताए। नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात गरिएका सामानहरूमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको भन्दै अब आयात हुने सामानको ल्याब परीक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उनको भनार्इ छ। यस्तै उनले वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने बताए। हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदूषणमय भेटिएको भन्दै अब त्यस्ता सवारी साधन परीक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदूषणयुक्त फेला परेमा सवारी धनी र कर्मचारीलाई समेत कारवाही गरिने हुने बताए। त्यस्तै, वातावरणको ख्याल नगरि कानून मिच्दै निश्चित व्यक्तिले फाइदा लिइरहेको इट्टा भट्टाहरूलाई समेत वातावरणमैत्री बनाउने र गलत रहेकालाई तत्कालै कारवाहीको दायरमा ल्याउन लागेको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार