पेस्तोल देखाएर बैंक चोर्ने  पाच घन्टामै पक्राउ

पेस्तोल देखाएर बैंक चोर्ने  पाच घन्टामै पक्राउ

पेस्तोल देखाएर बैंक चोर्ने  पाच घन्टामै पक्राउ
– मगेन्द्र राई
 

लुटेरा

सन्सारकै सुरक्षित मानिने हङकङ शहरको केन्द्र मानिने सेन्ट्रल स्थित बैंक अफ ईस्ट एशियाको प्रधान कार्यलयमा हिजो अपरान्ह ३.१५ बजे जिन्स पाईन्ट र कालो ज्याकेट लगाएको एक लुटेराले काउन्टरका एक महिला कर्मचारीलाई पेस्तोल देखाएर आतङ्कित पारि बीस सेकेन्ड भित्र सत्तरी हजार हङकङ डलर मुठ्याएर गायब भएको पाच घन्टा भित्रै प्रकाउ परेका छन। उक्त लुटेरा आईस हाउस स्ट्रीट हुँदै नजिकै रहेको भुमिगत रेल स्टेसनबाट गायब भएका थिए।

५७ बर्षिय होइ केयुङ नामक उक्त लुटेरा तीन शुई वाई स्थित आफ्नै निवासमा पक्राउ परेका थिए। चोरी भएको लगत्तै अपरान्ह ३:३२ बजे बैंक कर्मचारीले प्रहरीलाई खबर गरे पछि प्रहरिले उक्त लुटेरा पक्रन बोर्डर चेक प्वाईन्ट र शहर भरिका गस्तिका प्रहरिहरुलाई फोटो सर्कुलर गरिएको थियो।घटनास्थल देश भौक्स रोडमा शिल बन्दी गरि दर्जनौ हतियार धारी प्रहरीहरु तैनाथ गरिएको थियो भने चोर पत्ता लगाउन सक्ने स्निफर डग समेतको प्रयोग गरिएको थियो।
मास्क, मकुन्डो प्रयोग नगरी चोरि गरेको सिसिटिभीको फुटेजमा देखिए पछि प्रहरीलाई अपराधी पक्राउ गर्न सजिलो भएको थियो। प्रहरीको रेकर्ड अनुसार उनी खुङ्खार डाका थिए।उनले सन २०१६ मा समेत साम शुइ पो स्थित गहना पसलमा ग्राहक बनी पसेर $२३,००० मूल्य बराबरको सिक्री चोरेर फरार भएका थिए। त्यति बेला उनी चार दिन पछि पक्राउ परेका थिए। उनी सन ८० को दशक बाटै बैंक र गहना पसल लुट्पाट गर्दै आईरहेका थिए। सन १९८७ मा हेनेन्सी रोड स्थित दाओ हेङ बैंक लुट्दा प्रहरी सङ्गको मुठ्भेटमा गोलि हानाहान समेत सम्लग्न थिए।त्यसबेला आफ्नो सुरक्षाको लागि उनले मिनिबसका यात्रीहरुलाई समेत बन्धक बनाएका थिए।
चोरि भएको खबर पाउन बित्तिकै उक्त बैंकका अध्यक्ष हङकङका अर्बपती डेभिड लि घटनास्थल पुगेका थिए। उक्त बैंकले गत हप्ता मात्र १५२.१ प्रतिशत नाफा कमाएको घोषणा गरेको थियो। अर्थात ४.१४४ अर्ब हङकङ डलर नाफा गरेको थियो। बैंकले ८.८१४ अर्ब हङकङ डलर रेभेन्यु जम्मा गरेको थियो भने बैंकको कुल सम्पत्ति ९८.७ अर्ब अमेरिकी डलर रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार