एभरेस्ट तेक्वान्दो एकाडेमीका खेलाडीहरुलाई आधा दर्जन पदक

– मगेन्द्र राई
गत आईतवार चिङ यी स्थित साउथ स्पोर्ट्स सेन्टरमा भएको एक तेक्वान्दो प्रतियोगितामा एभरेस्ट तेक्वान्दो एकाडेमीका खेलाडीहरुले आधा दर्जन पदकहरु जित्न सफल भएका कुरा एकाडेमीका प्रमुख प्रशिक्षक रबिन नाल्बोले बताएका छन। नाल्बोका अनुसार रोएधा, सिति मुहरिफा र अनाल्यनले स्वर्ण, श्रेल र एमेलियाले रजत, लेनि यन्के र तिराना ले काष्य तथा महिला ब्लाक बेल्ट ३०-४० उमेर समुहमा एमि पुसारोले काष्य पदक जित्न सफल भएका थिए।
 
हङकङ तेक्वान्दो एशोसियसनले आयोजना गरेको उक्त प्रतियोगितामा हङकङ भरिका ४४ क्वबहरुका महिला पुरुष तर्फ सिनियर्स र जुनियर्स कलर तथा ब्लाक बेल्ट गरि १५०० खेलाडीहरुको सहभागीता रहेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार