४ वर्षीय कृष्टिना सुनुवारको निधन, श्रद्धाञ्जलिका लागि सुसेसमा राखिने

  बगैचा सम्वाददाता

काठमाडौ

बोनम्यारो क्यान्सर पिडित ४ वर्षीय कृष्टिना सुनुवारको निधन भएको छ । भारतको दिल्ली स्थित एक हस्पिटमा उपचार भएको थियो तर उपचार सफल नभए पछी उनलाई हिजो नेपाल फिर्ता पठाइएको थियो । काठमाडौको नर्भिक हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको बचाउ अभियानमा उपचारका लागि विश्वभरबाट आर्थिक सहयोग जुटाईएको थियो । क्रिष्टिनालाई एम्बुलेन्स मै दिल्लीबाट नेपाल ल्याइएको थियो । श्रद्धाजलिका लागि कृष्टिना सुनुवारको पार्थिप शरिरलार्इ सुनुवार सेवा समाज बालकुमारी कोटेश्वरमा आज विहान ११-१२ सम्म राखिने भएको छ ।

फाेटाे  किशाेर सुुनुवार तथा अनिता थुविचा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार