डा. गोविन्द केसीको सरकारलाई १० दिने अल्टिमेटम

  बगैचा सम्वाददाता

काठमाडौ

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न डा. गोविन्द केसीले सरकारलाई १० दिने अल्टिमेटम दिएका छन्। प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिए यही फागुन २९ गतेदेखि पुन: सत्याग्रह सुरु गर्ने डा. केसीले घोषणा गरेका हुन । डा. केसीले आज एक विज्ञप्तिमा जारी गर्दै न्याय सम्पादनमा भ्रष्टाचार गरेको व्यक्तिलाई महाअभियोग लगाएर हटाउनुको विकल्प नभएको यस्तो उल्लेख गरेका छन् । विज्ञप्तिमा ‘अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन ।’ चिकित्सा शिक्षा अध्यादेशलाई यथाशीघ्र ऐनमा परिणत नगरे विरोधका अन्य कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषी ठहर्‍याईएका पदाधिकारीलाई पनि कारबाही गर्न डा. केसीको माग छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार