दुवै सदनका संसदले लिए सपथ, भोलि पहिलो बैठक

  बगैचा सम्वाददाता

काठमाडौं

निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले आज छुट्छुटटै शपथ लिएका छन् । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा निर्धारित समयभन्दा ३५ मिनेट ढिलो प्रतिनिधिसभा सदस्यले शपथ लिएका थिए ।प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् । प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण ग्रहण अपरान्ह चार बजेका लागि तय भएपनि केही ढिलामात्रै सुरु भएको थियो । राष्ट्रिय गानबाटसुरु भएको कार्यक्रममा संघीय संसदका महासचिव मनोहर भट्टराईले उपस्थित सांसद सदस्यलाई स्वागत गरेका थिए । भट्टराइको स्वागतपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका सांसद महन्थ ठाकुरले सपथ गराए । सपथ लिएपछि सांसदले सांसदको लोगो लगाएका थिए ।
प्रतिनिधि सभाका सदस्यहरुले सपथ लिएको केहीबेरपछि राष्ट्रिय सभाका सदस्यलाई राष्ट्रिय सभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले सपथ खुवाएकी थिइन् । ठाकुर र भट्टले दुवैले आजै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए । ऐतिहासिक संघीय संसदको पहिलो बैठक भने भोली सोमबार बस्ने भएको छ । यसैवीच ४४ जना सांसदहरुले आफ्नो मातृभामा शपथ लिएका छन् । अन्य सांसदहरुले भने नेपाली भाषामै शपथ लिएका छन् । सोमबार हुन लागेको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा ४४ सांसदहरुले १० मातृभाषामा शपथ लिएको संघीय संसद सचिवालयले जनाएको छ । मैथिली, भोजपुरी, थारु, मगर, अवधि, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी १० भाषामा शपथ लिएका हुन् ।

प्रतिनधि सभामाम कैलाली १ बाट विजयी रेशम चौधरी भने सपथ ग्रहणमा उपस्थित भएनन् । फौजदारी अभियोग लागेका चौधरी पुर्पक्षका लागि थुनामा छन् । प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने शपथ लिन बानेश्वर पुगेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार