राष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद विस्तार…….

२१ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबीचमा मन्त्रिपरिषद बिस्तारका लागि आन्तरिक र बाहृय छलफल जारी राख्ने तर सरकारले पूर्णता भने राष्ट्रपति निर्वाचनपछिमात्र पाउने एमालेका एक नेताले बताएका छन् । फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री ओलीले शुरुमा एमालेका दुई पोलिटव्यूरो सदस्य लालबाबु पण्डित र थममाया थापा मगरलाई मन्त्रिपरिषदमा सामेल गरेका थिए । दोस्रो चरणमा एमाले र माओवादीबाट दुई-दुई जना मन्त्री बनेका थिए । फागुन २९ मा राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना रहेको एमाले उपमहासचिव विष्णु पौडेलले बताए । उनका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषदमा संघीय समाजवादी फोरम र राजपालाई पनि सामेल गर्न छलफल चलाइरहेका छन् । प्रधानमन्त्रीसहित १८ मन्त्रालयमध्ये एमालेले १० र माओवादीले ७ बाँड्ने सहमति भएको थियो । तर फोरम र राजपा सरकारमा आउँदा एमाले र माओवादीले पाउने मन्त्रालयको संख्या घट्नेछ । प्रधानमन्त्रीको मिसन सानातिना भागबण्डा भन्दा पनि देश बनाउने रहेकाले सबैलाई समेटेर लैजान खोजिएको पौडेलले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार