संसदीय दलमा शेरबहादुर देउवा विजयी

  बगैचा सम्वाददाता


काठमाडौ
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको मतदानमा देउवाले ४४ मत सहित विजयी भएका हुन । उनका प्रतिष्पर्धी नेता प्रकाशमान सिंहले १९ मत ल्याए । सर्वसहमतिको प्रयास असफल भएपछि कांग्रेसको संसदीय दलको नेताका लागि आज विहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानमा प्रतिनिधिसभाका ६३ सांसदले मतदान भएको थियो । देउवाले जित्ने निश्चित हुँदा पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सिंहलाई उम्मेदवार बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार