संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने……..

फागुन २२, २०७४    काठमाडौं–  संघीय समाजवादी फोरमले केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय गरेको छ । मंगलबार काठमाडौमा बसेको फोरम पदाधिकारी बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले रातोपाटीलाई दिए । उनका अनुसार छिट्टै दलको बैठक बसेर सरकारमा जाने मन्त्रीहरुको नाम टुङगो लगाउने छ ।  संविधान संशोधनमा ओली सरकारको प्रतिवद्धा आएपछि फोरम सरकारमा सहभागि हुने निर्णयमा पुगिएको श्रेष्ठले बताए । त्यसअघि आजै सत्तारुढ दलसँगको सहमतिमा हस्ताक्षर हुने फोरमका नेताहरुले बताएका छन् ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार