बिआरआईबाट नेपालले फाइदा लिनुपर्छ…………

२३ फागुन २०७४,   काठमाडाै‌ – पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए। बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउनेवाला छ,  पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने, ‘सम्पूर्ण दक्षिण एसिया (सार्क) लाई बिआरआईसँग जोड्नु आवश्यक छ, जसले हाम्रा निम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ । बिआरआईले नेपालको चीनसँगको व्यापार फराकिलो बनाउने उनले बताए । प्रविधिले विगतमा उपलब्ध नरहेका धेरै समाधान आज दिएको उल्लेख गर्दै उनले पाकिस्तानले चीनबाट लिएजस्तो फाइदा नेपालले पनि लिन सक्ने बताए।  हामीले राजमार्ग बन्न सक्दैन भनी ठानेका ठाउँमा आज निर्माण सम्पन्न गरेका छौं । रेल आउन सक्दैन भनिएका खास ठाउँमा रेल पुगेको छ । हामीले चीनसँग १५ सय किलोमिटर राजमार्गबाट व्यापार गर्छौं । यो बाह्रै महिना खुला छ र व्यापार फस्टाएको छ । नेपालसँग पनि त्यो सम्भावना छ,’ उनले चीनसँग कनेक्टिभिटी बढाउन नेपाललाई सुझाव दिए।  बिआरआईका विषयमा सोमबार सम्पन्न नेपाल–पाकिस्तान द्विपक्षीय वार्तामा समेत आफूले नेपाली समकक्षी केपी शर्मा ओलीसँग छलफल गरेको उनले जानकारी दिए । उनले भने, ‘बिआरआई खासगरी चीनको पश्चिमतर्फ जाने योजना हो र त्यसमा यस क्षेत्रका सबै देश आपसमा जोडिनेछन् । त्यहाँ अवसर छ र हामीले त्यसलाई उपयोग गर्नुपर्छ। कनेक्टिभिटीले पावर प्लान्ट, राजमार्ग, सडक, बन्दरगाह, विमानस्थल, रेल संयन्त्र आदिमा लगानी ल्याउने दाबी उनले गरे । ‘नेपालले हाम्रो अनुभवबाट धेरै सिक्न सक्छ । राम्रो कनेक्टिभिटी भन्नु नै अझ स्वतन्त्रता र आर्थिक वृद्धिका निम्ति थप सम्भावना पनि हो,’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने । उनले नेपाल र पाकिस्तानबीच व्यापार र जनस्तरको सम्बन्ध बढाउनुपर्नेमा पनि जोड दिए । उनले दुई देशका निजी क्षेत्रले पहिचान र उपयोग गरे सरकारले व्यापार अवसरका निम्ति सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए । अब्बासीले नेपाल र पाकिस्तानलाई बुद्ध धर्मले जोड्न सकिने पनि बताए । बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउनेवाला छ । सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई बिआरआईसँग जोड्नु आवश्यक छ । जसले हाम्रा निम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ । उनले भने, ‘पाकिस्तानमा रहेका महत्वपूर्ण बौद्ध स्थललाई उचित संरक्षण गरएको छ । नेपाली तीर्थयात्रीका निम्ति ती महत्वपूर्ण हुन्छन् ।’नेपाल–पाकिस्तान द्विपक्षीय बैठकमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ नेपालमा र ५ पाकिस्तानमा रहेका विषयमा चर्चा भएको जानकारी दिँदै उनले हिमालमा दुई देशको एकाधिकार रहेको बताए । ‘हिमालमा हाम्रो एकाधिकार छ । हामीले एकअर्कासँग सिक्न र संयुक्त पर्यटन गतिविधि गर्न सक्छौं । यो संसारको अद्वितीय क्षेत्र हो,’ उनले नेपाल–पाकिस्तान सहकार्य गर्न सकिने पनि बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार