रहेनन् वरिषठ तथा मूर्धन्य साहित्यकार इन्द्र बहादुर रार्इ

काठमाडौ                                                                                                           (photo- Sachin Chamling 2011)

 

वरिष्ठ साहित्यकार तथा तेस्रो आयाम र लीला लेखन साहित्यिक अभियानका अगुवा इन्द्र बहादुर रार्इको निधन भएको छ । कथा, निबन्ध, उपन्यासर नाटक र समालोचना अगायतका विधामा कलम चलाएका रार्इके ९० वर्षको उमेरमा मंगलबार अपरान्ह दार्जिलिङस्थित निवासमा निधन भएको जानकारी प्राप्त भएको छ ।

वरिषठ तथा मूर्धन्य साहित्यकार रार्इका एक दर्जनभन्दा बढी कृति तथा धेरै प्रसिद्ध कथा, निबन्ध, उपन्यासर नाटकहरू प्रकाशित छन् । उनका विपना कतिपय (१९६१), आज रमिता छ (१९६४), टिपेका टिप्पणीहरु (१९६६), भानुभक्तका कृति अध्ययनहरु (१९७१), कथास्थ (१९७४), नेपाली उपन्यसका आधारहरु (१९७४), सन्दर्भमा इश्वर बल्लभका कविता (१९७६), दार्जीलिङमा नेपाली नाटकको अर्धशतब्दी (१९८९), कथापुतलिको मन (१९९२), पहाडका खोलाहरू (१९९२), अर्थहरुको पछीलितिर (१९९४), पृष्ठ-पृष्ठ (१९९५), समयन्कन दैनिकिया (१९९७), लेखनहरू र झ्याल (२०००), पहिलो दिन, साहित्य अपहरण माक्सवादी प्रतिबद्धता जस्ता कृतिहरू प्रकाशित छन् ।

१९८४ साल माघ १७ गते दार्जिलिङमा जन्मिएका रार्इको पहिलो कृति ‘विपना कतिपय’ सन् १९६१ मा प्रकाशित भएको थियो ।‘सम्पूरक’ उनको पछिल्लो कृति हो ।  सन् १९५८ मा उपन्यास ‘आज रमिता छ’ प्रकाशित भएको थियो जुन अंग्रेजी भाषामा समेत अनुवादीत छ । ‘कथास्था’, ‘कठपुतलीको मन’ रातभरि हुरी चल्यो लगायतका प्रसिद्ध कथासंग्रह र त्रिभुवन विश्वविधालयको समालोचना कृति समेत प्रकाशित भएका छन् ।

वि.स. २०२०को दशकमा रार्इले बैरागी काइँला र र्इश्वरबल्लभसँग मिलेर थालेको तेस्रो आयामले नेपाली साहित्यमा ठूलो प्रभाब र परिवर्तन गरेको थियो जसलार्इ नेपाली साहित्यका क्षेत्रमा ठूलो आन्दोलन रूपमा लिएको थियो । तेस्रो आयामको उद्देश्य लेखाइमा लम्बाइ, चौडाइ मोटाइ र गहनता हुनुपर्छ भन्ने हो । तेस्रो आयाम पत्रिका समेत प्रकाशित थियो । उनले लीला लेखनलार्इ पनि निकै अघि ल्याए लीला लेखनलार्इ कृष्ण धारावासी, रत्नमणि, कृष्ण बराललगायतले अघि बढाइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार