ट्रम्पले स्वीकारे किम जोङको निम्तो……..

२५ फागुन, काठमाडौं ।  शत्रुतापूर्ण सम्बन्धबाट गुज्रिरहेका अमेरिका र उत्तर कोरियाबीच संवाद हुने भएको छ । उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेपछि दुई देशबीच संवादकाे ढाेका खुलेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन् ‘आउदो मे महिनामा ट्रम्पले किम जोङ उनसँग भेटदैछन् ।  चुँगको भनाइ अनुसार, किमले भविष्यमा परमाणु बम एवं मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका छन् । यो घोषणा दक्षिण कोरियाली प्रतिनिधीमण्डलको यसै हप्ता उत्तर कोरियाका नेतासँग संवाद भएपछि भएको हो । एक प्रेस वार्तामा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले भनेका छन्, ‘हामीले राष्ट्रपति ट्रम्पलाई भनेका छौं किम जोङ उन परमाणु निसस्त्रीकरणमा प्रतिबद्ध छन् । सो जानकारीको जवाफमा राष्ट्रपति ट्रम्पले मेमा किम जोङ उनसँग भेटेर स्थायी परमाणु निसस्त्रीकरण हासिल गर्ने बताएका छन् । उत्तर र दक्षिण कोरियाबीच विन्टर ओलम्पिकपछि सम्बन्ध सुधारको सम्भावना देखिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार