सभामुखमा माअाेवादीका महरा निर्विरोध……….

२५ फागुन २०७४,  काठमाडौँ – संघीय संसदको सभामुखमा नेकपा माओवादीका नेता निर्विरोध निर्वाचित भएका छन्। प्रमुख प्रतिपक्षी दल काँग्रेसले सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भनेपछि महारा निर्विराेध निर्वाचित भएका हुन्। उनले शुक्रबार बिहान ११ बजे सभामुखका लागि उम्मेद्वारी दर्ता गराएका थिए । उनलाई पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले सभामुखमा प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले समर्थन गरेका थिए। माओवादीले महरालाई शुक्रबार बिहान मात्र सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार